सोलुखुम्बु-६, पौष । नेपाली कांग्रेस नेता तथा व्यवसायी प्रकाशसिंह कार्कीले सोलुखुम्बुका १८ वटा विद्यालयलाई ल्यावटप वितरण गरेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका २, सल्यानमा एक कार्यक्रमको आयोजना गरी त्यस क्षेत्रको १८ वटा विद्यालयलाई एक-एक वटा ल्यापटप वितरण गरेका छन ।
सूचना तथा प्रविधिको क्षेत्रमा पठनपाठनलाई सहज तुल्याउन लाईन्स क्लब अफ काठमाडौं र नेता कार्कीको ५०/५० प्रतिशत लगानीमा ल्यापटप वितरण गरिएको हो । नेचास्थित गणेशथान, कालिका, तिनकन्या, कुन्तादेवी, जनजागृती, भुमेस्थान, आर्दश मिलन, शहिद नरनाथ, जन्मज्योति, सिंहदेवी, महेन्द्रदोय आधारभूत विद्यालय र हिमालदर्शन क्याम्पसले ल्यापटप पाएका छन् भने सल्यान क्षेत्रका महेन्द्रोदय माध्यमिक विद्यालय सहित सरस्वति, जनप्रिय, शहिदस्मृति, सगरमाथा र जलेश्वरी आधारभूत विद्यालयलाई पनि ल्यापटप वितरण गरिएको छ ।
कार्यक्रममा महेन्द्रोदय माध्यमिक विद्यालय सल्यानका विद्युतको पहुँच भन्दा बाहिरका २५ जना विद्यार्थीलाई सोलार लाईट वितरण गरिएको छ । घण्टौसम्म चार्ज टिकाउ हुने लाईट कार्कीको तर्फवाट वितरण गरिएको हो । कार्यक्रममा लाईन्स क्लब काठमाण्डौका अध्यक्ष हरिशंकर निरौलाले प्रविधिको सदुपयोगका लागि दक्ष जनशक्ति भर्नामा विद्यालयले ध्यानदिनुपर्ने बताए ।
नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफ कुमार बास्तोलाले गैरसरकारी संस्थाहरुले कार्यक्षेत्र नबनाएको अवस्थामा सहयोग प्राप्त हुनु खुसिको कुरा भएको बताए । सहयोगको दुरुपयोग हुन नदिनगाउँपालिकाले भुमिका खेल्ने अध्यक्ष बास्तोलाको भनाई छ । उनले शैक्षिक कमजोरी पहिचान गरि सुधारका लागि शैक्षिक सम्मेलन गर्ने गाउँपालिकाले तयारी थालेको बताए । गाउँपालिकाले प्रविधिमैत्री सिकाइका लागि सहयोग गर्ने गरि बजेटको व्यवस्थापन गरिएको जानकारी दिए ।
नेता तथा समाजसेवी प्रकाशसिंह कार्कीले शिक्षाको सुधारको लागि ल्यापटप वितरणमा सहयोग गरेको बताए । अझै पनि बिद्युतको पौच पुगेको स्कुललाई पहिचान गरी ल्यापटप वितरण गर्ने बताए । अबको राजनिति सुधारका लागि गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरु विकासका काममा चनाखो रहनुपर्ने बताए । कार्यक्रम वडा नं २ सल्यानका वडाअध्यक्ष भेष कुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न गरिएको हो । ल्यापटप सहयोग पाएपछि विद्यालयहरुले शैक्षिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।