बीस हजार जग्गाधनी, सबा एक लाख कित्ता जग्गा

बीस हजार जग्गाधनी, सबा एक लाख कित्ता जग्गा

कर्ण बहादुर रोकाया, हुम्ला ।। मालपोत कार्यालय हुम्लामा आ.व. २०७१/०७२ को असारमसान्तको प्रगतिमा हुम्ला जिल्लामा बीस हजार जग्गाधनी र एक लाख २३ हजार ३ सय १४ कित्ता जग्गा रहेको छ ।

उक्त कार्यालयमा रहेको ४३ मोठको ठेलीमा उल्लेख भए अनुसार व्यक्तिगत जग्गा कित्ता १ लाख १६ हजार ७ सय २२ रहेको छ । यो वर्या यो वर्गमा १ सय १६ जग्गा धनी थपिएका छन् भने ७३ जग्गाधनीको नामबाट जग्गाको लगत कट्टी भएको छ । यसरी व्यक्तिग  जग्गाको  क्षेत्रफल २५ करोड ७९ लाख १५ हजार ५ सय ४८ दशमलव १५ वर्गमिटर रहेको जानकारी मालपोत कार्यालय हुम्लाका कार्यालय प्रमुख लालप्रसाद ढकालले दिएका छन् ।

हुम्लामा २ हजार ३ सय ५७ कित्ता जग्गा सरकारी तथा सार्वजनिक रहेको पाइएको छ । यसको क्षेत्रफल १ लाख १७ हजार २ सय ७२ दशमलव ५५ वर्गमिटर रहेको छ ।

जिल्लामा  ४ हजार १ सय ७७ वर्गमिटर राजगुठीको जग्गा रहेको छ तापनि जग्गाको कित्ता उल्लेख भएको छैन । यसै गरी सरकारी निकायहरुको नाममा २ सय ५५ कित्ता जग्गाको २२ हजार ७ सय ८५ दशमलव ३० वर्गमिटर जग्गा रहेको पाइन्छ ।

हुम्लामा नापी भएको २१ वर्षसम्म पनि विभिन्न कारणले ३ हजार ८ सय ८० कित्ताा जग्गाको ६६ लाख ५४ हजार ९ सय ४७ दशमलव ८० वर्गमिटर जग्गा दर्ता हुन बाँकी रहेको मालपोत कार्यालय नापी शाखा हुम्लाको अभिलेखबाट प्राप्त भएको छ ।

मालपोत कार्यालय हुम्लाको अभिलेख अनुसार हुम्लामा व्यक्तिगत, सरकारी, सर्वाजनिक, गुठी गरी चार किसिमको जग्गा रहेको पाइन्छ ।

द्वन्द्वपछिको खुला वातावरणमा आम्दानीका स्रोतहरु पनि बढेकाले हुम्लाका मुख्य बजार केन्द्रहरु मुचु, याल्वाङ्क, केर्मी, धारापोरी, खार्पु, नल्न, याँचु, लिप्ने, सर्केगाड, दार्मा, तुम्च, श्रीनगर र कवाडी जस्ता ठाउँहरु पनि जग्गाको कारोवार बढ्दै गएको छ । यसका अलवा सिमकोटमा पनि केही वर्षदेखि अत्यधिक रुपमा जग्गा किनबेचको कारोवार बढ्ेको छ । आ.वं. २०७१÷०७२ मा मात्रै ३५ करोडभन्दा धेरैको  कारोबार भएको छ । यसबाट वार्षिक लक्ष्य १९ लाख ७१ हजार ५ सय रहेको थियो । यो रकमभन्दा  धेरै २२ लाख ८३ हजार ५ सय ३५ राजस्व उठेको छ ।

देशमा राजनीति अस्थिरताले गर्दा हुम्ला र हुम्लीहरुले जिल्ला बाहिरका विभिन्न शहर तथा स्थानहरुमा जग्गा जोड्ने काम पनि गरेका छन् । हुम्ला बाहिर जग्गा जोड्नेहरु दुई हजारभन्दा धेरै रहेका छन् । यसबाट वर्षेनी हुम्लाबाट मात्रै पाँच करोड जति बाहिरिने तथ्यांक विभिन्न स्रोतहरुबाट थाहा भएको छ ।

भविष्यमा सदरमुकामतिर सीमित जग्गाको असीमित मागले गर्दा जग्गाको कारोबार पनि अस्थिर तर महंगो पेशाका रुपमा विस्तार हुने देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ