एकै गाउँका ५० माओवादी सेनाबाट १ करोड ५० लाख

एकै गाउँका ५० माओवादी सेनाबाट १ करोड ५० लाख

 

कर्ण बहादुर रोकाया, हुम्ला ।। हुम्लाको एकै गाउँमा ५० जना माओवादी सेनाहरु स्वेच्छिक अवकास, पुनःस्र्थापना र अन्यबाट १ करोड ५० लाख रकम भित्रिएको छ । यसबाट जनजीवनमा एकातिर आर्थिक आय भएको छ भने अर्कोतिर बसाइँ सराइँमा विस्तार भएको छ ।

हुम्लाको सदरमुका सिमकोटबाट करीब पाँच घण्टा टाढा राया गाविसको थाली गाउँमा माओवादी जनयुद्धमा प्रत्येक घरबाट अनिवार्य एक जना होल टाइमर जानु पर्ने बाध्यात्मक अवस्थाले गर्दा करीब नौ दर्जन युवायुवतीहरु माओवादी सेनामा सलग्न भएको उक्त गाउँका युवा शंकर रावलले बताए ।

सदरमूकाम सिमकोटदेखि १३ कोस टाढा रहेको राया गा.बि.स. को थाली गाउँमा १७० घरधूरी रहेका छन् । यो सानो गाउँबाट मात्र तत्कालिन नेकपा माओबादिले सञ्चालन गरेको जनयुद्धमा ५० जना युवायुवतीहरु जनमुक्ति सेनामा भर्ना भएका थिए ।

लोकराज रावल ( नजिक ) दैलेख, जय रावल ( हरी ) म्याग्दीको बेनीबजार, भरत रावल ( भिषण ) गोर्खाको मनकामना र मान्देवी परियार गरी चार जना शहिद भएका छन् । शहिदहरुले १० लाख राहत पाउने भनिए पनि अहिलेसम्म २ लाख मात्र राहत पाएका छन् । यसरी चार परिवारले ८ लाख रकम पाएका छन् ।

यसरी जनसेना हुनेहरुमा धन बहादूर रावल, रामदत्त रावल (क्रन्ति), प्रेम रावल, तारा रावल ( सुनिल ), दल रावल ( माईकल ), बेल्कि रावल, सन्जीव रावल, कल रावल, जनखे रावल, छैका रावल र केसरी रावल ११ जना शान्ति भएपछि अनमिनको प्रमाणिकरणपछि माओवादी सेना छाडेका छन् । अज रावल ( गोपाल ), परेकलाल रावल ( किशोर ) र लक्ष्मी रावल पनि प्रमाणिकरणपछि वाईसिएलमा लागेका छन् । यसरी प्रमाणिकरणपछि वाईसिलमा लाग्नेहरुलाई नेकपामाओवादीहरुले जनही रु. ७० हजारका दरले राहत दिंदा ३ जना वाईसिएलले २ लाख १० हजार पाएका थिए ।

यसरी बिष्णु ( योगी ) रावल, विपना, तारा रावल ( रिता ) र पूल्तिसरा रावल ( जैसी ) लाई अमिनले अयोग्य ठह¥याएपछि  प्रति व्यक्ति १ लाख रकमका दरले ३ लाख पाएका थिए ।

त्यसै गरी कटक रावल ( अटल ), कल्से रावल ( निरक ), राजेन्द्र रावल ( विद्रोही ), सबिन्दा रावल, बिमल रावल, ( सुरेस ), प्रगति रावल, जीवन रावल ( लालिकिरण ), सुमित्रा शाही रावल, जनबीर रावल ( जनक ), पूने रावल ( पस्कर ), बाँचु जेठरा रावल, राजेश रावल ( केसब ), गणेश रावल ( सजक ), जसमति रोकाया रावल ( करुण ), काले रावल ( विद्रोही ), देबिसरा बुढाथोकी रावल ( बन्दना ), प्रेम रावल ( कर्ण ), चुनौति रावल, बुद्धि रावल ( बिनोद ), जीवन रावल ( डिटोल ), शान्ति रोकाया रावल, हाँस रावल ( विज्ञान ), अस्मिता रावल, धन बहादूर रावल ( इतिहास ), बिर्सिङ रावल ( किशोर ), हर्क रावल ( शंकर ), पेम्बा रावल, बिसे रावल, ( अजय ) चन्द्र बहादुर शाही (साहस) हरु २८ जनाले स्वेच्छिक अवकाश रोजेपछि प्रति व्यक्ति जनही ५ लाख पाएका थिए । यसरी २८ जनाले १ करोड ४० लाख रकम यो सानो  थाली गाउँमा भित्रिएको थियो ।

हुम्ला जिल्लाबाट जनयुद्ध कालमा करीब ४ हजार जना माओवादी जनसेनामा सहभागी भए पनि धेरै जसो वाईसिएलमा रुपान्तरण भएको एकीकृत माओवादीका जिल्ला उपाध्यक्ष महेन्द्र शाही अविरामले बताए । त्यति बेला पार्टीको नीति अनुसार धेरै होनहार साथीहरु वाईसिएलमा रुपान्तरण भए उनले भने ।

सम्भबत ः हुम्ला जिल्लाबाट नै माओवादी सेना नेपाली सेनामा समायोजन हुँदा एक मात्र महिला राया गाविस थाली गाउँकी सरस्वति जेठरा ( रमिता ) नेपाली सेना भएकी छन् ।

यसरी हुम्ला जिल्लाका एक सानो गाउँ थाली गाउँको १ सय ७० घरधुरीहरुमध्ये ५० जना अर्थात् ३० प्रतिशत माओवादीमा सहभागी भएको देखिन्छ । यो गाउँमा शान्तिपछि सेना समायोन प्याकेजबाट १ करोड ५० लाख १० हजार भित्रिएको छ । यो रकमले धेरै थालीका मानिसहरुले नेपालगंज, राजापुर, टिकापुर, कैलाली, सुर्खेत, कोहलपुर तथा सिमकोटमा जग्गा जोडेको छन् भने केही व्यापार व्यवसायमा लागेका छन् त केहीले त्यसै आएको रकम जे गरे पनि हुन्छ भनेर तासजुवा, रक्सी र रण्डीवाजीमा पनि खर्च गरेको स्थलगत रिपोर्टिङ्गमा पाइएको छ । हुम्ला जिल्लामा यस्तो के कति रकम भित्रिएको छ । यो त खोजीको विषय बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका