कर्ण बहादुर रोकाया ।। हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि वादल चार हजार मिटर अग्लो हिमालको बाटोबाट सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गरिन्छ हुम्ला र मुगु जिल्लाको चंखेली हिमालबाट ।
कुनै समय यो बाटो हिंड्नका लागि एक्लै हिंड्न गाह्रो पर्ने भएकाले हुलाकीको सहारा लिनुपथ्यों तर आजभोली बाटोमा एक्लै हिंड्नका लागि समय पर्खनु पर्ने भएको छ ।
मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म मोटर पुगेकाले हुम्लाको तीन गाउँपालिकाको करीब एक सयभन्दा धेरै गाउँहरुमा विभिन्नि प्रकारका आभारभूत आवश्यकताका सामाग्रीहरुका साथै विकास निर्माणका सामानहरु ढुवानी र ब्यापार हुने गरेको छ । यसबाट सस्तोमा चाहेको सामानहरु गाउँमा पाउन सजीलो भएको चंखेली गाउँपालिका ऐडीबाडाका नरवीर बुढाले बताए ।
यो क्षेत्रमा सामानहरु ढुवानी र ब्यापार गर्नका लागि हुम्लामा एक सय र हुम्लामा दुई सय खच्चरहरु किनिएको जानकारी स्थलगत अध्ययनबाट थाहा भएको छ । यसका लागि ३ करोडभन्दा धेरै लगानी खच्चर व्यवसायमा गरिएको छ । यो व्यवसयाबाट एक सय जनाले रोजगार पाएका छन् । दैनिक ६ हजारदेखि १५ हजार केजीसम्म सामान आउने जाने गरेको छ । यी खच्चर ब्यवससायीहरुले सस्तोमा गाउँ गाउँमा सामानहरु पुगाउने गरेका छन् । खार्पुनाथ गाउँपालिकाको सुनखाडादेखि मुगु जिल्लाको भट्टेचौरसम्म करीब ८ दर्जन होटलहरुको आय व्यय खच्चर व्यवसायले धानेको छ । प्रत्येक होटलमा दैनिक एक हजारदेखि १० हजारसम्म ब्यापार हुने गरेको जानकारी चंखेली गाउँपालिका वडा नं १ जाच्चेका होटले प्रेम बोहराले दिएका छन् ।
प्रति दिन प्रति केजी प्रति खच्चर ७ रुपैंयादेखि ११ रुपैंयासम्म ढुवानी भाडा पर्ने गरेको मुगु दक्र्या गाउँका युवा खच्चर व्यवसायी बासुदेव बडुवालले बताए । उनी स्नातक पढेर पनि स्वरोजगारीमा लागेका छन् । उनले खच्चरका लागि करीब ४ लाख लगानी गरेर मासिक ६० हजारदेखि २ लाखसम्म कमाए पनि मासिक ६० हजार बचत हुने गर्दछ ।
वर्षको दुई मौसम वैशाखदेखि असारसम्म र कात्तिकदेखि फागुनसम्म राम्रो कारोवार हुने जानकारी स्थलगत अध्ययनबाट थाहा भएको छ ।
यो व्यवसायले एकातिर हुम्लाका गाउँहरुमा सस्तोमा सामान पुगेको छ भने अर्कातिर खेर गएको घाँस र स्याउलासोतरले आम्दानी दिनुका साथै दाना तथा होटलबाट पनि राम्रो आम्दानी हुने चंखेली गोगीमा–याका होटले प्रेमबहादुर शाहीले दिएका छन् ।
यो वर्ष सामुदायिक वनबाट अनधिकृत रुपमा संकलन गरेका विभिन्न प्रकारका जडिबुटीहरु बिक्री गर्न नसक्दा गाउँ गाउँमा पैंशा पस्न नसके पनि ढुवानीमा भने कमी नआएको देखिएको छ । यो व्यवसायबाट मासिक ५० लाखभन्दा धेरै रकमको कारोवार हुने गरेको छ ।