जयबहादुर रोकाया
यो उचाइको यात्रा थियो र गन्तब्यमा पर्योि उपल्लो हुम्लाको लिमी । हिँडेको दुई दिन भइसकेको थियो । दोश्रो बिहान च्याछडा पुग्दा छहराको सौन्दर्यले हामीलाइ मुग्ध बनायो । त्यतिखेर मलाई दार्जिलिङ्गको सम्झना भयो । त्यहाँ योभन्दा सानो छहरा छ तर प्रचार भने ठुलो । यो त्यहाँ भएको भए झन् कस्तो प्रचार गर्दा हुन् ? यो छहरामा सधै इन्द्रेणी लागिरहँदोरहेछ ।
डाँडामा केर्मी गाउँका नुर्बु लामा भेटिए जसले हाम्रो यात्राका बारेमा सोधे । मैले लिमी जान लागेको भनेको त पत्याएनन् र उखान झिके ‘मेरो नाम कुन्या ज्या गर्याहुन्या‘ । बिनाकाम यति लामो बाटो घुम्न मात्रै को जान्छ भन्ने उनलाई लागको रहेछ । तर हाम्रो त कामै घुम्ने थियो, नपत्याए के त !
हामी वसेको ठाउँमा ठुलो ताल पनि रहेछ । यो जहिले पनि सिसाजस्तो टल्कने भएकाले नाम सेलिमन भएको होला भन्ने अनुमान लामाले गरे । लामा भाषामा सेली भनेको टल्कने र मन भनेको तलाउ रे ।
भोलीपल्ट चांैंरीको दूध खाँदा लेक लाग्दैन भनेर खर्कमा रिन्जिनले किन्न पठाएछन् । उनले सबैलाइ चकलेट पनि दिए । लसुन र टिमुर मुखमा राखेर हिँड्न पनि सुझाए ।
मेरा तिघ्रा दुख्न थालिसकेका थिए । त्यसमाथी टाउको पनि थपियो । तै पनि नहिँडी त सुख थिएन । हिँड्दै जाँदा सेलिमनभन्दा पनि ठुलो अर्काे तलाउ भेटियो । एकनासले सुतेको स्वच्छ पानीको यो ताललाई लामाहरु तलुङ्ग छो र अरु चाहिँ तलुङ्ग दह भन्दारहेछन् । छो भनेको पनि दह नै हो रे, लामाले भनेका । यो दहको चौडाइ कम भए पनि लाम्बाइ ज्यादा देखिन्थ्यो ।
पर नलुङ्गखोलामा पानी ढाडसम्म पुग्ने गरी बगेको थियो । दिउँसो हिउँ पग्लने हुँदा यो खेला बेलुका ठुलो हुँदै जाने रहेछ । कत्ति पनि हतार नगरी खोला तर्ने काम भयो । जति समय घक्र्याे, उति तर्न नसकिएला भन्ने डरले हतार गराइरहेको थियो ।
तरेपछि सहयात्री राजन रावत तस्बिर खिच्न नपाएकामा पछुतो गर्दै थिए । सबैले एकैसाथ तर्नु पर्दा तस्बिर लिने कोहि भएन र एक्लाएक्लै तर्न पनि सम्भव थिएन ।
पारपिट्ट रिन्जिनका चिनजान लिमेलीका दुई खर्क रहेछन्, बास त्यहीँ बसियो । ती मिजासिला लिमेलीले पालभित्रै लगी हामीलाई नुनचिया र छुप्री दिएर स्वागत गरेको न्यानो सङ्केत दिए ।
अघिल्लो दिन हामी लिमीको पहिलो गाउ जाङ्ग पुग्ने हतारोका साथ बाटो लाग्दा गाउँले भने लेकतिर ओहोरदोहर गर्दै थिए । बाटोमा याक र घोडा चढेर बालबालिकासहित आउनेजानेको घुइँचो थियो । त्यो दिन खर्क सार्ने साइत परेको रहेछ । लिमी गाउँको कानूनै बेग्लै छ ।
यहाँ पुरुष ब्यापारमा दौडन्छन् । घरव्यवहार महिलाकै जिम्मा हुँदो रहेछ । याक र घोडालाइ भारी बोकाउन र आँफै पनि घोडा चढ्न खप्पिस यताका महिला धेरैजसो एक्लै बाँचिरहेका छन् । कसैले त बच्चा जन्माएको पनि भेटियो । तर बच्चाको बाबुले महिला सम्हाल्ने र उसको हेरबिचार गरििदने चलनै रहेनछ । बरु माइतीले घर बनाइदिने गर्दा रहेछन् । आफनो क्षमता अनुसार जग्गा पनि दिने रहेछन् । बिहा नगरे पनि छोरीले चाहे घरबाट छुट्टएिर एक्लै बस्न पाउने नियम रहेछ । यस्ता एकल महिलाले बच्चा नजन्माए पनि माइतैकै सम्पत्तीमा निर्भर हुने रहेछन् र आफैँले कमाएर गुजारा गर्न सक्षम पनि रहेछन् ।
खर्कबाट घोडासहित र्फकेकी तिल गाउँकी ५० वर्षीया कुडोमा लामासँग जति कुरा गर्न खोजे पनि भाषाका कारण सकिएन । रिन्जिनलाइ सोधेपछि थाहा भयो, उनले नेपाली भएर पनि नेपाली बोल्न आउँदैन भनेर दःुखेसो गरेकी रहछिन् ।
जाङ्गमा पुग्दा गाउँ सुनसान प्रायः थियो । त्यो हिमाली बस्तीमा भने उवाको वाली अत्यन्तै राम्रो थियो । हरयिो साग पनि लोभ लाग्दो रहेछ । यस्तो राम्रो उत्पादन छ यहाँ ! तर बजार खोई ? खोई यिनको पसिनाको विनिमयम ?
काठमाण्डौको नाम्ग्याल माविमा आठ कक्षा उत्तीर्ण छुतुप लामा यो गाउँका एक्ला साक्षर रहेछन् । गाउँमा पाँच कक्षासम्म पढाउने अनुमती पाएको सरकारी विद्यालय छ । दुई शिक्षकको दरबन्दी पनि रहेछ । तर शिक्षकै नआएपछि के लाग्छ ? विद्यालय खुलेको दुई दशकभन्दा बढी भए पनि यहाँबाट एक कक्षा पास गर्ने पनि एउटै नभएको कुरो सुन्दा उदेकलाग्दो थियो ।
सरकारको राष्टिय साक्षरता अभियानको प्रभाव यहाँ इत्ति पनि छैन रहेछ । सबैलाई पढाउने सरकारी योजनाको पत्तो नपाए पनि बरु छुतुपले गाउँभपरकिा १५ बालबालिकालाइ पढाउँदा रहेछन् । हुनेले काठमाण्डौमा पढाउने र नहुनेले दलाइ लामाले चलाएका भारतको धर्मसालामा निशुल्क पढाउन लैजाने गरेकाले यहाँ बालबालिका पनि उति रहेनछन् । आफ्नो तलब र शैक्षिक सामाग्री इन्डाक खराना सोसाइटी नामको संस्थाले व्यहोरेको छ भन्थे छतुप । यो निजी कक्षा पनि गत वर्षदेखि मात्र सुरु भएको हो रे ।
सम्पन्न परविारले दुई छोरा हुने बित्तिकै दोश्रो र बिपन्नले तेश्रो छोरा टावा बनाउन गुम्बा पठाउनु पर्ने नियम रहेछ गाउँमा । यस्ता टावाको बिहा नहुने हुँदा जवान भएपछि एकल महिलासँग सल्किँदा रहेछन् । बिना बिहा बच्चा जन्माउँदा अन्तजस्तो खिसिटिउरी यहाँ हुँदैन । यस्ता महिलालाई लामाहरु फुङ्गदाङ्ग भनेर सम्मानै गर्दारहेछन् ।
शिक्षाजस्तै स्वास्थ्य र सञ्चारको सुविधा पनि छैन यो हिमाली गाउँमा । सरकारले विकासको नाममा सिन्को पनि नभाँचिदिएको गुनासो सबैको थियो ।
अर्काे गाउँ हल्जी पुग्दा पनि अवस्था उस्तै देखियो । लिमीका तीनै गाउँ बराबरी दुःखमा छन् ।
धर्मप्रति अती विस्वास गर्ने यहाँका बासिन्दा लामाको आदर र सेवा खुबै गर्दा रहेछन् । हामी पुगेको दिन लामा पानी परोस् भन्ने प्राथनाका साथ पूजामा लागेका थिए । लामो समयसम्म पानी नपरेको यो ठाउँमा मुहानमा पुजागर्न थालेको केहि समयपछि नै पानी पर्न थाल्यो ! सुख्खा समयमा पानी पारेपछि लामालाई कसले नमान्ने ? संंयोग पनि गजबकै थियो ।
लिमीको मूख्य खाना सिस्नु रहेछ, हामीले पनि खायौं । बेलुका सामुदयिक हलमा लामाको कार्यक्रम हेर्न जाँदा एक महिलाले फुरु (चाँदीले माडेको सुन्दर बान्कीको काठे कचौरो) मा जाँड थमाइहालिन् । पिउन नपाई थपेको थप्यै गर्न थालिन् । ढिलो गर्नेलाई कचौरो आफैले समाएर मुखमै पुर्याठइदिन्थिन् । चलनै यस्तो रे !
बाटोमा पुरानो गुफा भेटियो जहाँ ११ औ शताब्तीतिर बौद्ध धर्मका अनुवादक रिन्जिन जाङ्गमुले तपस्या गरेका थिए रे ।
अब हामीलाई हिल्सा पुग्नु थियो । त्यही आतुरीले दौडिरहेका थियौं । निकै बाटो पार गरेपछि हिल्सा-सिमकोट मोटर बाटो देखा पर्योस । हिल्साभन्दा पर नेपाली माटो छैन रहेछ । पारीतिर चिनिया झण्डा फरफराएको देखियो । यता वारी चाहिँ हाम्रो झण्डा थिएन ।
पारीका बासिन्दासँग गाडी रहेछ । सामान ओसारपसार त्यसैमा गर्दा रहेछन् । वारकिासँग चाहिँ चाहिँदो खच्चड पनि छैन । नेपालतिर पनि मोटरबाटो बन्न सुरु गरेको एक दशकभन्दा बढी भै सकेको छ । तर काम भएको छैन ।
दिनभर िनेपालको हिल्सा र तिब्बतको शेर गाउँ घुमेर भोलिपल्ट मुचुको याल्वाङ्ग पुगियो र त्यहाँबाट अर्को दिन सिमकोट ।
थकाइ बेसमारी लागे पनि र खुट्टा असाध्यै दुखे पनि उचाइको यो यात्राले मन चाहिँ रोमाञ्चक भइरह्यो ।
Source : Kantipur Daily