Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्वराजाको प्रश्न- हामीले भोगिरहेको अवस्था प्रजातन्त्र हो कि होइन? – Gaule Khabar

पूर्वराजाको प्रश्न- हामीले भोगिरहेको अवस्था प्रजातन्त्र हो कि होइन?

पूर्वराजाको प्रश्न- हामीले भोगिरहेको अवस्था प्रजातन्त्र हो कि होइन?

काठमाडौं ,फागुन ६ –

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा अहिलेको अवस्था प्रजातन्त्र हो कि होइन भनी प्रश्न गरेका छन्। ६७ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले हरेक नेपालीले पाइला पाइलामा सुखानुभुति गर्नु नै प्रजातन्त्र हो भन्दै त्यस्तो अवस्था छ कि छैन भनी प्रश्न गर्नुपर्ने अवस्था आएको बताएका हुन्। उनले शासन परिवर्तनीय भएपनि राष्ट्र सर्वोपरी हुने भएकोले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अगाल्नुपर्ने बताएका छन्। हाम्रो आफ्नै संस्कार र सभ्यता भएकोले त्यसलाई जोगाउनुका साथै मर्यादित बनाउनु नै राष्ट्रको प्रतिष्ठा भएको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन्।

पढ्नुस् पूर्वराजाको विज्ञप्ति  

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा २०७३ फागून ७ गते बक्सेको शूभकामना ।

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,

६७ औं प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण गर्न चाहन्छु ।  प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितकोे आधार स्तम्भ पनि हो । प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्दछन्, तर जूनसूकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्दछ भन्ने मलाई  लाग्दछ । राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई  अंगाल्नु पर्दछ । हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।  किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सुखानुभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफुले आफैलाई प्रश्न गर्नुपर्ने घडी आएको छ ।  श्री पशूपतीनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका