Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणगढको यातायात व्यवस्थापन अस्तव्यस्त – Gaule Khabar

नारायणगढको यातायात व्यवस्थापन अस्तव्यस्त

नारायणगढको यातायात व्यवस्थापन अस्तव्यस्त

तुलमान गुरूङ,

चितवन फागुन २-

नारायणगढ बजार क्षेत्रमा विद्युतीय रिक्सा र अटो रिक्सालगायतका साना सवारीसाधन थपिँने क्रम नरोकिँदा बजार क्षेत्रको यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

भीडभाड र जामले यातायातको व्यवस्थापन उल्टै चुनौतिपूर्ण बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । नारायणगढ र भरतपुरको बस्ती विकाससँगै पछिल्ला समय अस्वभाविक तरिकाले भित्रिएका विद्युतीय रिक्सा तथा अटो रिक्सालगायतका साना सवारी साधनका कारण नारायणगढका विभिन्न मुख्य चोकहरूमा जाम हुन थालेका छन् ।

अहिले बजारका मुख्य सडकहरू ठूलाभन्दा यस्तै साना सवारी साधनले भरिएका हुन्छन् । भित्री सडकहरुमा जानका लागि यी साना सवारी साधनहरूको पहुँच राम्रो भए पनि मुख्य राजमार्ग केन्द्रित भइदिँदा यो समस्या सिर्जना भएको हो । यसअघि टेम्पो, म्याजिकलगायतका साना सवारी साधनले अस्तव्यस्त बनेको नारायणगढ तथा भरतपुरका बजारी क्षेत्रहरूमा फेरि तीन पाङग्रे सवारी साधन अस्वभाविकरूपमा सञ्चालनमा आएपछि जिल्लाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । जसको असर बजारी क्षेत्रहरूलाई नमुनाको रूपमा विकास गर्न भन्दै सेवामुखी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सिटी बसलाईसमेत प्रत्यक्ष परेको छ । भरतपुर उप–महानगरपालिकाभित्रका सबै सडकहरूलाई व्यवस्थित र सहज बनाउनका लागि नारायणगढबाट जिल्लाका पूर्व तथा पश्चिम क्षेत्रका लागि छुट्ने छोटो दूरीका सवारी साधनहरू भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनल पुग्नै पर्ने व्यवस्था गरिए पनि साना सवारी साधनको अत्यधिक चापका कारण व्यवस्थित बन्दै गएको नारायणगढ बजारको अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ ।

परम्परागतरूपमै सञ्चालनमा रहेका पाइडल रिक्साहरुमध्ये ९१२ वटा रिक्सा कटौती गरेर त्यसको ठाउँमा ३०४ वटा ई–रिक्सा भिœयाउने रिक्सा व्यवसायी संघ र भरतपुर उप–महानगरपालिकालगायतको सरोकारवाला निकायहरूबीच सहमति भएको थियो । तर, अहिले त्यसविपरित करिब दोब्बरभन्दा बढी ई–रिक्साहरू सञ्चालनमा ल्याइएकाले थप चुनौती सिर्जना भएको हो । साथै असङ्ख्यरूपमा अटो रिक्साहरु भित्रिएकोले पनि बजारको यातायात क्षेत्र झनै अस्तव्यस्त बन्दै गएको हो । जसले गर्दा बजारको स्वरुपसमेत कुरूप बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसलाई व्यवस्थित बनाउने भनिए पनि यातायात व्यवस्था विभागले सञ्चालनका लागि अनुमती दिएकोले बजारमा आवश्यकभन्दा बढी साना सवारी भित्रिँदा समस्या थपिएको जनाएको छ ।

साथै विद्युतीय रिक्सा चालकहरूले मनलाग्दीरुपमा जहाँ पायो त्यहीँबाट मोडिदिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको प्रहरीको भनाइ छ । तर, नेपालमा नियम विपरित सवारी चलाउनेहरूलाई कारबाही गर्ने कानुन भए पनि यसको कार्यान्वयन फितलो हुँदा झनै समस्या थपिँदै गएको हो ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका