Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोर्चासँग छलफल जारी छ : नेपाल – Gaule Khabar

मोर्चासँग छलफल जारी छ : नेपाल

मोर्चासँग छलफल जारी छ : नेपाल

बीरगंज,फागुन २ –

 नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले माओवादी केन्द्र र मधेसी मोर्चासँग निर्वाचन र संविधान कार्यान्वयनको विषयमा छलफल गरिरहेको बताएका छन् ।

गृहजिल्ला रौतहटमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै  नेता नेपालले जति सक्दो छिटो स्थानीय निर्वाचन गरेर संविधान कार्यान्वयन गराउनेतर्फ सबै दल लाग्नु अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिए ।

उनले स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले स्थानीय विकास निर्माणका कार्यमा भ्रष्टाचार बढ्दै गएको बताउदै स्थानीय निकायको निर्वाचन अत्यन्त जरुरी रहेकोले निर्वाचनबाट कुनै पनि राजनीतिक दल भाग्न नहुने बताए ।

नेता नेपालले आइजिपी नियुक्तिको विषय सर्वोच्च अदालतमा गई सकेकोले यसका बारेमा प्रतिक्रिया जनाउनु हतार हुने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका