Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाँच हजारले गाउँमै सरकारी सेवा लिए – Gaule Khabar

पाँच हजारले गाउँमै सरकारी सेवा लिए

पाँच हजारले गाउँमै सरकारी सेवा लिए

बैतडी,फागुन १ –
बैतडीको तल्लासोराडमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट सेवा पाएपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकका साथै स्थानीय बासिन्दा खुसी भएका छन् ।

बैतडीको मेलौली गाविस– ८ खोचा निवासी ८० वर्षीया द्रौपती चन्दले जीवनको उत्तराद्र्वमा आफ्नै गाउँमा नागरिकता पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

द्रोपतीजस्तै आम्चोरा– ८ की रुक्मा चन्दले पनि ७८ वर्षको उमेरमा शिविरमा नागरिकता पाएपछि खुसी लागेको बताउनुभयो । एकहप्ता अघि जङ्गली बँदेलको आक्रमणबाट घाइते भएका पञ्चेश्वर– १ पालडीका ३४ वर्षीया सुरेशसिंह भुलले पनि एकीकृत घुम्ती शिविरमै नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।

विभिन्न कारणले सदरमुकामसम्म आउन नसक्ने नागरिकलाई एकीकृत घुम्ती शिविरले निकै फाइदा पु¥याएको कुलाउ माविका प्रधानाध्यापक गोरखबहादुर चन्दले बताउनुभयो ।
सम्पूर्ण सरकारी सेवा गाउँमै

माघ २५ गतेदेखि दुर्गम तल्लोस्वराडको कुलाउ तथा मेलौलीमा सञ्चालन भएको एकिकृत घुम्ती शिविरवाट तल्लोस्वराडका ५ हजार जना सर्वसाधारणले सरकारी सेवा लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताउनुभयो ।

तल्लोस्वराडका एक हजार ४७१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र, एक हजार ५०० जनाकोे फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, जिल्ला आयुर्वेदिक औषधालयबाट दुई सय ३१ जनाको स्वास्थ परीक्षण तथा औषधि वितरण, जिल्ला स्वास्थ्य कार्यालयबाट एक सय २० जनाले अल्टा«साउन्ड सेवा, ३९ महिलाको पाठेघरको जाँच तथा ३५ महिलाले मिनील्याप सेवा लिएका थिए ।

यस्तै सत्रुमर्दन गुल्मबाट नेपाली सेनाको टोलीले सञ्चालन गरेको स्वास्थ्य परीक्षणबाट दुई सय ४० जनाले सेवा लिएको प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनुभयो ।

यस्तै जिल्ला वन कार्यालयले चितुवासम्बन्धी दुई सय ५० सचेतनामूलक पोस्टर वितरण, घरेलु तथा साना उद्योग विकास समितिबाट ६ व्यवसायी दर्ता भएका छन्, भने ५० जनालाई औद्योगिक व्यवसायी सम्बन्धी सचेतना, जिल्ला प्रहरी कार्यालयको ‘प्रहरी मेरो साथी’ कार्यक्रम, महिला तथा बालबालिका कार्यालयबाट अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो, भने जिल्ला कृषि विकास कार्यालय, सुख्खा फलफूल विकास केन्द्रलगायतका सरकारी कार्यालयले गाउँमै सेवा दिएका थिए ।

शिविरबाट तल्लोसोराडका महाकाली, पञ्चेश्वर, विशालपुर, कुलाउ, आम्चोरा, रोडीदेवल, महारुद्र, मेलौली, सलेना, उदयदेवलगायतका गाविसका नागरिकले सेवा लिएका थिए । गाउँमै सरकारी सेवा लिन पाउँदा दुर्गम तल्लोस्वराडका स्थानीय बासिन्दा हर्षित भएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका