Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आईजीपी नियुक्त आज हुँदै, को बन्दैछन् नयाँ आइजीपी ? – Gaule Khabar

आईजीपी नियुक्त आज हुँदै, को बन्दैछन् नयाँ आइजीपी ?

आईजीपी नियुक्त आज हुँदै, को बन्दैछन् नयाँ आइजीपी ?

काठमाडौं, फागुन १–

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख आइजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंहदरबारमा विहान ९ बजे बस्ने भनिएको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख चयन गर्ने मन्त्रीहरुले बताएका छन्।
नेपाल प्रहरीका आइजिपी उपेन्द्र कान्त अर्याल र सशस्त्र प्रहरी बलका आइजिपी दुर्जकुमार राई भोलिबाट नियमित अवकाशमा जादैँछन । नेपाल प्रहरीमा डिआइजी नवराज सिलवाल र जयबहादुर चन्द मध्ये एक जना आइजिपी बन्ने पक्का भएको छ। जयवहादुर चन्दलाई कांग्रेस सभापति शेरबहादुर देउवाको साथ छ। त्यस्तै सशस्त्र प्रहरी बलमा भने सिंहबहादुर श्रेष्ठ आइजिपी बन्ने लगभग पक्का छ। विस २०४४ सालमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका डिआइजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बम बहादुर भण्डारी आइजीपीका दावेदार भएता पनि आइजिपी दौडमा अर्याल र भण्डारी पछि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका