Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुष्प बाटिका निर्माण कार्यलाई तिव्रता दिईयो – Gaule Khabar

पुष्प बाटिका निर्माण कार्यलाई तिव्रता दिईयो

पुष्प बाटिका निर्माण कार्यलाई तिव्रता दिईयो

चितवन, माघ २९–

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा देवघाटधामलाई विकास गर्न आँपटारी देवघाटधाम धार्मिक पुष्प बाटिका निर्माण समितिद्वारा निर्माण भईरहेको धार्मिक पुष्प बाटिकाको निर्माण कार्यलाई तिव्रता दिईएको छ । देवघाटको महिमालाई अझै फराकिलो बनाउन यस पुष्पबाटिकाले विशेष महत्व राख्ने धार्मिक पुष्प बाटिका निर्माण समितिको विश्वास छ ।
धार्मीक क्षेत्रमा प्रबेश गरेको अनुभुती हुने तरिकाले कार्य गरिरहेको आँपटारी देवबघाटधाम धार्मिक पुष्प बाटिका निर्माण समितिका अध्यक्ष तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । साथै उहाँले आँपटारी देवघाटधाम धार्मिक पुष्पवाटिका २०७३ सम्म जलदेबी सिमाना सम्म निर्माण गरिने लक्ष्य सहित अगाडी बढेको जानकारी दिनुभयो । त्यस क्षेत्रको बिचमा बाटो साँघुरो भएको बताउँदै उहाँले सडक डिभिजन कार्यलयसंग छलफल गरि बाटो फराकिलो बनाई बाटिका निर्माण हुने अध्यक्ष पौडेलले बताउनुभयो । यस क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरुलाई धार्मिक क्षेत्रमा प्रवेश गरेको आभास दिलाउन विभिन्न भगवानको प्रतिमाहरु पनि निर्माण गरिएकोे देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

देवघाटधाम पूजा अर्चना, काज क्रिया तथा घुमघामको लागि पनि धेरैको रोजाईमा पर्ने गरेको छ । यस्तै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको विकासले आर्थिक समृद्धिलाई पनि संगै लैजान सहयोग पुग्ने पौडेलले विश्वास लिएका छन् । एशियामा प्रसिद्ध तिर्थस्थल, यस देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि वर्षेनी धेरै धार्मिक पर्यटकहरु आउने हुंदा यस क्षेत्रको विकास आवश्यक पनि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका