Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मुसहरका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर) – Gaule Khabar

मुसहरका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर)

मुसहरका लागि पसिना बगाउँदै धुर्मस (फोटो फिचर)

बर्दिवास,माघ २९-

मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट ६५ लाख सहयोग रकम संकलन गरेर स्वदेश फर्के लगतै धुर्मुस महोत्तरीको बर्दिबास स्थित निर्माणधिन एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका छन् ।

बस्ती आएकै दिन उनलाई तराई मधेसबाट एक लाख बराबरको सहयोग रकम प्राप्त भएको छ । महोत्तरी बर्दिबास स्थित गौतम होटलका सञ्चालक हिरा गौतमले बस्ती निर्माण स्थलमा पुगेर एक लाख रुपैंया बराबरकोे चेक हस्तान्तरण गरेका छन् । बस्ती निर्माणमा साबेलले मसाला फिट्दै गरेका धुर्मुसलाई भेटेर उनले चेक हस्तन्तरण गरेका हुन् ।चेक हस्तान्तरण गर्दै उनले भने, “मुसहर बस्ती निर्माणले तराई, पहाड र हिमाललाई एउटै मलामा उन्नेकाम भएको  छ । त्यसैले बस्ती निर्माणमा  जो जहाँ हुनुहुन्छ त्यहीबाट सबै जना बस्ती निर्माणमा खुलेर सहयोग गरौं ।”

चेक लिदैं धुर्मुशले सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागि रहेको बताए । मुसहर बस्तीको निर्माण कार्य सम्पन्न गरि वैशाख १ गते मुसहरहरुलाई नयाँ घरमा प्रवेश गराउने उनले बताए । उनले ३५ प्रतिशत काम सकेको बताए ।

हाल सम्म झन्डै २ करोंड भन्दा बढी रकम संकलन भएपनि बस्ती निर्माणका लागि अझै २ करोंड ५० लाख रकम अपुग रहेकोले तराई मधेसका उद्योगि, व्यापारी, समासेवी साथै सम्पूर्ण सहयोगी मनहरुसँग धुर्मुसले सहयोगका लागि अनुरोध गरेका छन् । बस्ती निर्माणमा झन्डै ४ करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका