Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा एमालेको घरदैलो अभियान,ग्रामीण भेगमा केन्द्रित – Gaule Khabar

चितवनमा एमालेको घरदैलो अभियान,ग्रामीण भेगमा केन्द्रित

चितवनमा एमालेको घरदैलो अभियान,ग्रामीण भेगमा केन्द्रित

चितवन,माघ २९-

एमाले चितवनले १५ दिने घरदैलो अभियान तिव्र पारेको छ । विशेष गरि ग्रामिण क्षेत्रमा अभियान केन्द्रित रहेको छ । एमाले जिल्ला नेता कार्यकर्तालाई यतिवेला घरदैलोले फुर्सद छैन् । जिल्लाका १ सय ३६ इकाइमा घरदैलो अभियान गरिएको छ ।केन्द्रिय तहका नेताहरु पनि घरदैलो अभियानलाई सफल वनाउन चितवन आइरहेका छन् । केहिदिन अघिमात्र एमाले वरिष्ठ नेता झलनाथ खनाल चितवन आएका थिए भने गृह जिल्लाको घरदैलो अभियानमा नेता सुरेन्द्र पाण्डे दैनिक रुपमा व्यस्त छन् ।

आज (शनिवार) नारायणी नगरपालीका अन्र्तगत जगतपुर भएको घरदैलोमा एमाले सचिव पृथ्वी सुव्वा गुरुङ,केन्द्रिय सदस्य केदार न्यौपाने सहभागी भएर मन्तव्य दिएका छन् ।यस्तै पश्चिम चितवनको पदमपुर क्षेत्रमा एमाले नेता सुरेन्द्र पाण्डेको उपस्थितिमा घरदैलो अभियान सहित वनभोज कार्यक्रम गरिएको छ ।

जनताको घर घरमा गएर संविधान संसोधन वेठीक छ भन्ने कुरा वुझाउनुका साथै प्रर्चा वितरण गरिएका एमाले चितवनकी सचिव पार्वती रावलले जानाकारी दिइन् । राजनैतिक निकास र देश विकासका लागी जनताको सुझाव संकलनको समेत गरिएको रावलले वताइन् । उनले अभियानमा जनताको उत्साहपुर्वक सहभागिता रहेको दावी गरिन् ।देशव्यापी रुपमा संचालन गरिएको अभियान फागुन ५ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका