Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल टेलिकमको ६ महिनामा झन्डै ८ अर्ब नाफा – Gaule Khabar

नेपाल टेलिकमको ६ महिनामा झन्डै ८ अर्ब नाफा

नेपाल टेलिकमको ६ महिनामा झन्डै ८ अर्ब नाफा

काठमाडौं, माघ २९ –

चालु आर्थिक वर्षको ६ महिनामा सरकार स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सबैभन्दा बढी नाफा गरेको छ ।

चालु आवको पुससम्म कम्पनीले ७ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत २३० कम्पनीमध्ये नेपाल टेलिकम सबैभन्दा बढी नाफा गर्ने संस्था भएको छ । गत आवको सोही अवधिमा टेलिकमले ७ अर्ब २५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा कम्पनीले कुल १३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो ।
६ महिनाको वित्तीय विवरण हेर्दा सरकारी स्वामित्वका कम्पनीले बढी नाफा गरेका छन् । टेलिकमपछि बढी नाफा गर्नेमा बैंक समूह परेका छन् ।  पुँजीगत हिसाबले टेलिकम ठूलो कम्पनी हो । यस्तै, सरकार स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको नाफा पनि उच्च छ ।
नेपाल टेलिकमपछि सरकारको समेत स्वामित्व रहेको नेपाल बैंकले नाफा गरेको छ । नेपाल बैंकले चालु आवको पुससम्म १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ४ करोड ८ लाख रुपैयाँ थियो ।
तस्रो कम्पनीमा नेपाल इन्भेष्टमेन्ट बैंक भएको छ । चालु आवको ६ महिनामा नेपाल इन्भेष्टमेन्टले १ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा इन्भेष्टमेन्टको नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।
यस्तै सरकार पुर्णस्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ ।
यस्तै प्रभु बैंकले पनि नाफा बढाएर १ अर्ब ११ करोड २३ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो ।
बढी नाफा गर्नेमा हिमालय बैंकको १ अर्ब २ करोड, एभरेष्ट बैंकको ९७ करोड १५ लाख, कृषि विकास बैंकको ९० करोड ६६ लाख, ग्लोबल आईएमई बैंकको ९० करोड ६२ लाख, नेपाल एसबीआई बैंकको ७५ करोड ८७ लाख, सिद्धार्थ बैंकको ७२ करोड ६० लाख, एनआईसी एसिया बैंकको ७२ करोड १४ लाख र स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ७४ करोड रुपैयाँ छ ।
चालु आवको पुससम्म बैंकले ७४ करोड रुपैयाँ सिटिजन्स बैंकको ६१ करोड १६ लाख, सानिमा बैंकको ६२ करोड २४ लाख, बैक अफ काठमाण्डु लुम्बिनीको ६० करोड १४ लाख, सनराईज बैंकले ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । माछापुच्छ्रे बैंकको ५७ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ प्राइम कमर्शियल बैंकको ५५ करोड ९७ लाख रुपैया नाफा छ ।
यस्तै नेपाल बंगलादेश बैंकको ५४ करोड, लक्ष्मी बैंकको ४० करोड ६३ लाख, मेगा बैंकको ३७ करोड, कुमारी बैंकले २७ करोड ९३ लाख, सेन्चुरी कमर्शियल बैंकको २२ करोड ३९ लाख रुपैयाँ नाफा छ ।
उत्पादनमुलक अन्र्तगत युनिलिभर नेपाल लिमिटेडले १८ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका