Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘मिस चितवन–२०१७’ हुने – Gaule Khabar

‘मिस चितवन–२०१७’ हुने

‘मिस चितवन–२०१७’ हुने

चितवन, माघ २९–

तीन वर्षपछि मिस चितवन–२०१७ हुने भएको छ । आयोजक ब्राइट नेपालले आज नारायणगढमा पत्रकार सम्मेलन गरि मिस चितवनको तेस्रो संस्करण बारे जानकारी दिएको हो ।
सालिमार मिस चितवनको तेस्रो संस्करणको फाईनल प्रतिस्पर्धाका लागि अडिसनबाट ३१ युवतीलाई छनौट गरिएको छ । उनीहरुबीच चैत्रको पहिलो साता फाईनल प्रतिस्पर्धा हुने कार्यक्रम निर्देशक सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।

मिस चितवनको अडिसन राउण्डमा ५० जना युवतीले सहभागिता जनाएका थिए । फाईनल प्रतिस्पर्धाका लागि छनौट भएका युवतीहरुलाई एक महिनासम्म नेतृत्व विकास, फिटनेस, आध्यात्मिक सम्बन्धि तालिम, जनचेतनामुलक कार्य, सामाजिक कार्यमा लगाईने छ । उनीहरुलाई कोरियोग्राफर सञ्जित श्रेष्ठले प्रशिक्षण दिनेछन् । सालिमार मिस चितवनको उपाधि विजेताले स्कुटि, म्युजिक भिडियोमा अभिनय गर्न अवसर पाउने, मिस नेपालमा वाईल्ड कार्ड मात्रै सिधै फाईनल प्रतिस्पर्धामा सहभागि जनाउने पाउने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका