Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधनको लागि दुई तिहाईमा जान्नौं- बालकृष्ण खाँण – Gaule Khabar

संविधान संशोधनको लागि दुई तिहाईमा जान्नौं- बालकृष्ण खाँण

संविधान संशोधनको लागि दुई तिहाईमा जान्नौं- बालकृष्ण खाँण

नवलपरासी,माघ २७-

रक्षा मन्त्री बालकृष्ण खाँणले मधेस दलहरुसंगको सहमतिमै संशोधनको प्रस्ताव ल्याएको बताउनु भएको छ । नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा सहभागी पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहांले यस्तो बताउनुभएको हो ।

उहांले सहमति जुटाउन सके व्यवस्थापिका संसदबाट सहमतिको आधारमा संविधान संशोधन गर्ने र त्यसो हुन नसके दुई तिहाईबाट संशोधनका लागि प्रयत्न नगर्ने र संगसंगै निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी मधेसी दलसंग सहमति भएको दावी समेत गर्नुभयो ।

रक्षामन्त्री खाँणले नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गर्ने र कांग्रेस नेतृत्वको सरकारले प्रदेशीक र संघीय निर्वाचन गर्ने सहमति अनुसार स्थानीय तहको निर्वाचन भएसम्म सरकार नफेरिने बताउनुभयो ।

उहांले स्थानीय तहको पुनसंरचनामा सहमति जुटे नयां संरचना अनुसार गाउंपालिका र नगरपालिकाको ढाचामा र सहमति नजुटे नयां नगरपालिका र गाविसको ढाचामा भएपनि निर्वाचन गर्ने बताउनुभयो । त्यस्तै उहांले यसैबर्ष भित्र स्थानीय निकायको निर्वाचन गर्नु पर्ने समेत बताउनभुयो ।

हात्तीखोरमा १२ औं सिनियर टिमलाई दिक्षीत गरिएको हो । दिक्षीत भएकाहरुलाई दिक्षान्त समारोहमा सम्बोद्धन गर्दै रक्षामन्त्री खांणले दिक्षतभएकाहरुले राष्ट्र निर्माणमा योगदान पुर्याउनेमा आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा ४ सय जनालाई दिक्षित गरिएको हो । राष्ट्रिय सेवा दलले देशभरबाट यस बर्ष ४ हजार जना विद्यार्थीलाई सय दिने शैन्य तालिम दिएको छ । जस अन्तरगत सिनियर समूहमा १२ वटा र जुनियर समूहमा ४३ वटा समूहलाई शैन्य तालिम प्रदान गरेको थियो ।यसरी तालिम प्राप्त गरेका युवा तथा विद्यार्थीहरुलाई सेनाले प्राकृतिक प्रकोपको बेला आवश्यक परेको खण्डमा उद्दारका लागि खटाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका