Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विराटनगरका आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा – Gaule Khabar

विराटनगरका आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा

विराटनगरका आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा

सप्तरी (राजविराज), माघ २७ –

विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ ।

कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा आज अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको हो । कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा ज्वेलर्सका व्यवसायी तथा लहानका अन्य तीन सुनचाँदी व्यवसायीलाई नापतौल ऐन, २०२५ बमोजिम कारबाही अघि बढाइएको उहाँले बताउनुभयो ।

यसैगरी स्वीकृति नलिई सञ्चालनमा रहेका केही पसललाई तीन दिनभित्र इजाजत पत्र लिन निर्देशन दिएको र त्यसको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गरिने क्षेत्रीय प्रमुख दासले जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका