Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालको संविधान विश्वकै उत्कृष्टः नेता खनाल – Gaule Khabar

नेपालको संविधान विश्वकै उत्कृष्टः नेता खनाल

नेपालको संविधान विश्वकै उत्कृष्टः नेता खनाल

इलाम, माघ २७ –

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आज बिहान आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताउनुभएको हो । नब्बे प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उहाँले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर्भिक र जनताको हित तथा भावना विपरीत हुने बताउनुभयो । अबको पहिलो काम तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै नेता खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको छ भन्दै उहाँले सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउनुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका