Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनका १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण – Gaule Khabar

चितवनका १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

चितवनका १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

चितवन,माघ २६-

सरकारले चितवनको मंगलपुरमा १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार चितवनका सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेका हुन् ।लालपूर्जा वितरण गर्दैमा समस्या समाधान नहुने भन्दै उनले खानेपानी र रोजगारीको व्यवस्था पनि गर्ने आश्वासन दिए ।

सुकुम्बासी समस्या संवेदनशील समस्या हो भन्दै उनले केही दिनभित्रै सरकारबाट दिगो र स्थायी समाधानका लागि आवश्यक निर्णय गर्ने प्रतिवद्धता समेत जनाए ।‘मैले दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभन्दा अघि ठाउँ-ठाउँबाट सुकुम्बासी उठाउने काम सुरु भएको थियो । म प्रधानमन्त्री भएपछि गरेको पहिलो काम वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई उठाउन बन्द गर्ने भनेर पूर्वदेखि पश्चिमसम्म रोकेको छु,’ उनले भने ।

धेरै लामो संघर्षपछि लालपूर्जा वितरण गर्न पाउँदा खुसी लागेको उनले बताए । तर समस्याको समाधान अझै नभइसकेको भन्दै उनले रोजगारीको र खानेपानीको समस्या पनि समाधान गर्ने बचन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका