Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनु पहिलो प्राथमिकताः मन्त्री थापा – Gaule Khabar

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनु पहिलो प्राथमिकताः मन्त्री थापा

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनु पहिलो प्राथमिकताः मन्त्री थापा

काठमाडौं, माघ २५ –

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

आजबाट राजधानीमा सुरु भएको दुईदिने स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गर्न नेपाल सरकारका विभिन्न दातृ निकाय र अन्य सरोकारवाला संस्थासँगको ‘संयुक्त वार्षिक समीक्षा बैठक’ मा मन्त्री थापाले सविधानअनुसार नै अब स्वास्थ्य सेवा विस्तार गर्दा सङ्घीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरणको अभाव र सबै अस्पताल र स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभावजस्ता समस्या विस्तारै समाधान गर्दै लगेको बताउनुभएको छ । स्वाथ्यमा भएका विसङ्गति कम गरी गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नीति बनाउने र अपुरा नीतिलाई सशोधन गर्ने कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पुनःसंरचना गर्दा संविधानमा उल्लेख भएअनुसार गुणस्तरीय स्वास्थ्य सेवालाई केन्द्रमा राखिएको छ । हामीले संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेर त्यसलाई स्थानीय तहसम्म पु¥याउने प्रतिबद्धता गरेका छौँ ।’’ बैठकमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अझैपनि सर्वसाधारण जनताले स्वास्थ्य सेवाको पहुँच पाउन नसकेको र ४५ प्रतिशत महिला अहिले पनि घरैमा सुत्केरी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘थुपै दातृ निकायको सहयोग रहँदारहँदै पनि स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिएको छैन । उपचार महँगो हुँदा जनतामा आर्थिक भार बढ्दै गएको छ । यसतर्फ छलफलको आवश्यकता छ ।’’

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशीले स्वास्थ्यले सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सफल भएकोमा प्रशंसा गर्दै अबको दिगो विकास लक्ष्यका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो । मुख्यसचिव डा सोमलाल सुवेदीले स्वास्थ्यका साथै अन्य आधारभूत सेवाका क्षेत्रमा पनि जनताको पहुँच पु¥याउन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्यमा सबैको समान पहुँच हुने गरी मन्त्रालयले कार्य गरिरहेको बताउनुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका