Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झोलुङगे पुृलको माग बढ्दो – Gaule Khabar

झोलुङगे पुृलको माग बढ्दो

झोलुङगे पुृलको माग बढ्दो

भद्रपुर,माघ २५ –

झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ ।
समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो ।
हाल झापामा रु तीन करोड ८७ लाख ५४ हजार ३६६ लागतमा १३ वटा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

झोलुङ्ग पुल झापामा गरामनी गाविसको धरधरे खोलामा रु १० लाख १५ हजार, चकचकी गाविसको फलैन्ड टापु अधेँरी खोलामा मा रु १७ लाख १६ हजार, विर्तामोड नगरपालिकाको अदुवा खोलामा रु १२ लाख ७१ हजारमा, धाइजन गाविसको ढाक्रे खोलामा रु १५ लाख २६ हजारमा, बुधबारे गाविसको दामा खोलामा रु २८ लाख १६ हजारमा, तोपगाछि गाविसको ढ्याङ्ग्री खोलामा रु १७ लाख ३३ हजारमा, केचना गाविसको झोपुमा रु १२ लाख ४८ हजारमा, शिवसत्ताक्षी नगरपालिकाको मैनाचरी झोपुमा रु १९ लाख ५९ हजारमा, दुवागढी गाविसको हडिया खोलामा रु ६५ लाख १८ हजारमा, डागीवारी गाविसको घाग्रा खोलामा रु ४० लाख ३१ हजारमा, जलथल गाविसको काजली खोलामा रु ५७ लाख ९३ हजारमा, शानिअर्जुन नगरपालिकाको रेखा खोलामा रु ४२ लाख ९१ हजारमा र गरामनी गाविसको देउनीया खोलामा रु ४८ लाख ३२ हजार लागतमा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको जिल्ला विकास समिति झापाका योजना शाखाका डिल्ली नेपालले बताउनुभयो ।

समय र लागत पनि कम लाग्ने, जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने देखिपछि जिविसले पछिल्लो समयमा पक्की पुल निर्माण हुननसक्ने स्थानमा झोलुङ्गे पुल निर्माण गरेर जनतालाई सेवा प्रदान दिन खोजेकोे देखिन्छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार०को ९२ प्रतिशत, सम्बन्धित गाविस वा नगरपालिकाको ३ प्रतिशत, जिविसको ३ प्रतिशत र उपभोक्ताले २ प्रतिशत खर्च ब्यहोरेर निर्माण हुने यस्ता झोलुङ्गे पुलको झापामा थप सातवटाको माग भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो ।

झोलङ्गे पुल खुदुनावारी, चकचकी, गोलधाप, तोपगाछि, धरमपुर र महाभरा गाविसका जनताले माग गरेको र जनताको मागलाई पूरा गर्न अगामी आर्थिक वर्षमा योजना सुरु हुने जिविसको भनाई छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका