Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुई भारतीयको हत्या गर्ने पाँच जना पक्राउ – Gaule Khabar

दुई भारतीयको हत्या गर्ने पाँच जना पक्राउ

दुई भारतीयको हत्या गर्ने पाँच जना पक्राउ

दुष्यन्त चौधरी,

बारा, माघ २५–

बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका दीपकराम र अरुणरामको हत्यामा संंलग्न रहेका अभियुुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनीक गरेका छन् ।
घटनामा संलग्न रहेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो । पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा समसुल होदाको संलग्नता रहेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याउन सफल भएको उपरीक्षक उप्रेतीले बताए ।
नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी सार्वजनिक गरेका छन् ।
बारा कलैया नगरपालिका–८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको छ । त्यसैैगरी भारतमा भएका रेल दुर्घटना लगायतका घटनामा पनि उनको संलग्नता रहेको बताइएको छ ।
प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका–१० रंगपुरका मोजाहिदिन अन्सारी, कलैया नगरपालिका–४ का आषिश सिंह र उमेश कुमार कुर्मी लगायतकालाई पक्राउ गरी आवश्यक अनुसंधान गरि रहेका जानकारी दिएको छ । पक्राउ परेका गिरीको काठमाडौंमा उपचार भईरहेको छ । उनलाई प्रहरीले गोली प्रहार गरि पक्राउ गर्न सफल भएको थियो ।
अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।
नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो। दिपक र अरुणको गत पुस १३ गते हत्या भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका