Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रविधिलाई विकाससँग जोड्नुको विकल्प छैनः मन्त्री कार्की – Gaule Khabar

प्रविधिलाई विकाससँग जोड्नुको विकल्प छैनः मन्त्री कार्की

प्रविधिलाई विकाससँग जोड्नुको विकल्प छैनः मन्त्री कार्की

काठमाडौँ, माघ २३–

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस काउन्सिल नेपाल र बुनेसा इन्टरनेशनलद्वारा सञ्चालित नारकोसी डटकम (Narkosi.com) डिजिटल क्लिपिङ सेवाको यहाँ आज आयोजित एक कार्यक्रममा शुभारम्भ गर्दै मन्त्री कार्कीले नेपाललाई सूचना प्रविधिसँग जोडेर डिजिटल नेपालका रूपमा विकास गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

सोही अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले सरकारका हरेक सूचना जनतासम्म पुर्याउनसमेत आम सञ्चारमाध्यमसँग अपिल गर्नुभयो ।

शिक्षामन्त्री धनीराम पौडेलले सत्यतथ्य र विश्वसनीय खासगरी ग्रामीण क्षेत्रका समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले पछिल्लोपटक आमसञ्चारमाध्यमको विकास भए पनि व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्र समग्रमा नागरिक, समाज र राष्ट्रप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

काउन्सिल र बुनेसाबीच नारकोसी डटकम www.Narkosi.com  डिजिटल क्लिपिङ सेवा सञ्चालनबारे समझदारीपत्रमा समेत आज हस्ताक्षर भएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका