Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यसरी बन्दै छ भरतपुर महानगरपालिका (यस्तो छ वडा विभाजन) – Gaule Khabar

यसरी बन्दै छ भरतपुर महानगरपालिका (यस्तो छ वडा विभाजन)

यसरी बन्दै छ भरतपुर महानगरपालिका (यस्तो छ वडा विभाजन)

राजु चौधरी,
चितवन, माघ २३–

भरतपुर उप–महानगरपालिका अब महानगरपालिका बन्ने अन्तिम चरणमा पुगेको छ । पुर्नसंरचना आयोगले पेश गरेको खाका अनुसार भरतपुर अब महानगरपालिका बन्न सबै मापदण्ड पुरा गरिएको छ ।
नारायणी अनलाईनलाई प्राप्त गोप्य पत्र अनुसार साविक भरतपुर उपमहानगरपालिकासंग चित्रवन नगरपालिका र नारायणी नगरपालिका मिसाएर भरतपुर महानगरपालिका बनाउन लागिएको हो । भरतपुर महानगरपालिका बन्दा २८ वटा वडामा विभाजन हुनेछ । भरतपुरमा चित्रवन र नारायणी नगरपालिकालाई मिसाउँदा कुल २ लाख ७४ हजार ६ सय ८७ जनसंख्या हुनेछ । यो महानगरपालिका हुन उपयुक्त हुने जनाइएको छ ।
भरतपुरको हालको जनसंख्या एक लाख ९९ हजार ८ सय ६७, चित्रवन नगरपालिकाको ३४ हजार ९ सय १३ र नारायणी नगरपालिकाको ३९ हजार ९ सय ७ जनसंख्या रहेको छ ।
प्रस्तावित वडाहरुमा भरतपुर महानगरपालिका वडा नं.१ मा साविक भरतपुर १ र ३, वडा नं.२ मा साविक वडा नं.२ नै कायम गरिएको छ । यस्तै वडा नं.३ मा साविक वडा नं.४, महानगरपालिका वडा नं. ४ मा साविक वडा नं.५, महानगरपालिका वडा नं. ५ मा साविक वडा नं.६, महानगरपालिका वडा नं. ६ मा साविक वडा नं.१०, महानगरपालिका वडा नं. ७ मा साविक वडा नं.११, महानगरपालिका वडा नं. ८ मा साविक वडा नं. १२, महानगरपालिका वडा नं. ९ मा साविक वडा नंं ९ नै कायम गरिएको छ ।
त्यसैगरि महानगरपालिका वडा नं. १० मा साविक वडा नं. ७, महानगरपालिका वडा नं. ११ मा साविक वडा नंं ८, महानगरपालिका वडा नं. १२ मा साविक वडा नं. १३ र १४, महानगरपालिका वडा नं. १३ मा साविक वडा नंं. २१ र २२, महानगरपालिका वडा नं. १४ मा साविक वडा नं. २०, २६ र २८, महानगरपालिका वडा नं. १५ मा साविक वडा नंं. २७ र २९, महानगरपालिका वडा नं. १६ मा साविक वडा नंं. २४ र १९, महानगरपालिका वडा नं. १७ मा साविक भरतपुर वडा नंं. २३, २५ र नारायणी वडा नंं. ७, महानगरपालिका वडा नं. १८ मा साविक भरतपुर वडा नंं.१५ र १६, महानगरपालिका वडा नं. १९ मा भरतपुर वडा नंं. १७ र १८, महानगरपालिका वडा नं. २० मा साविक चित्रवन १, २ र ११ कायम गरिएको छ ।
यस्तै महानगरपालिका वडा नं. २१ मा साविक चित्रवन वडा नं. ३, ४ र ६, महानगरपालिका वडा नं. २२ मा साविक चित्रवन वडा नं. ७, ९ र १०, महानगरपालिका वडा नं. २३ मा साविक चित्रवन वडा नं.५, ८ र १२, महानगरपालिका वडा नं. २४ मा साविक नारायणी वडा नं. ८, ९ र ११, महानगरपालिका वडा नं. २५ मा साविक नारायणी वडा नंं. १० र १२, महानगरपालिका वडा नं. २६ मा साविक नारायणी वडा नं. ४, ५ र ६, महानगरपालिका वडा नं. २७ मा साविक चित्रवन वडा नंं. १३, १४ र नारायणी वडा नं. ३, महानगरपालिका वडा नं. २८ मा साविक नारायणी वडा नं. १ र २ कायम गरिएको छ ।
सरकारले भरतपुरलाई महानगरपालिका घोषणा गर्ने वित्तिकै यी वडाहरु लागु हुनेछ । चितवनबासी रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई महानगरपालिका बनाउन जोड गरिरहनु भएको छ । उहाँले भरतपुर उपमहानगरपालिकाको परिषद् बैठकमा पनि भरतपुरलाई महानगरपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका