Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दन्त सर्जनको माग–‘क्लिनिक खोल्न पाउनुपर्यो’ – Gaule Khabar

दन्त सर्जनको माग–‘क्लिनिक खोल्न पाउनुपर्यो’

दन्त सर्जनको माग–‘क्लिनिक खोल्न पाउनुपर्यो’

काठमाडौँ, माघ २२–

दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् ।

नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ ग्रामीण क्षेत्रमा नजाने भएकाले दन्त सर्जनले क्लिनिक खोली सेवा दिन पाउनुपर्ने माग गरेका हुन् ।

सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउने व्यवस्था सान्दर्भिक नभएको भन्दै उनीहरुले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए ।

नेपालमा पाँच वर्ष दन्त विशेषज्ञ पढेका चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् भने दन्त सर्जन, सहायक दन्त सहायकको तीन वर्षको अध्ययन पूरा गरेका नेपाल स्वास्थ्य व्यवसायी परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०मा दर्ता भई काम गर्ने गरेका छन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउनुपर्ने व्यवस्था गरेको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले यो विषयमा आफू सकारात्मक भएको भन्दै सोही विषयमा जानकारी र सीप हासिल गरेकाहरुले पनि काम गर्ने उचित वातावरण पाउनुपर्ने बताउनुभयो ।

उहाँले व्यावसायिक प्रमाणपत्रको सरकारले कदर गरी उनीहरुलाई पनि योग्यताअनुसारको सेवा गर्ने मौका दिइने बताउनुभयो ।

सिटिइभिटीका निर्देशक महेश भट्टराईले सरकारले नै उत्पादन गरेको जनशक्तिलाई स्वीकार गरी सेवा गर्ने मौका दिनुपर्ने बताउनुभयो ।

नेपाल डेन्टल साइन्स एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्लिनिक बन्द गरी क्षणिक चर्चा कमाउन खोजेको तर समस्या समाधान गर्न अपुरो नीतिलाई सच्याउन ध्यान नदिएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गरी दन्त सर्जन र दन्त सहायकलाई पनि सम्बोधन गरिनुपर्ने बताउनुभयो । नेपाल डेन्टल एसोसिएसनका महासचिव डा मनोज हुमागार्इंले दन्त सर्जनलाई दन्त विशेषज्ञको जिम्मेवारी दिनै नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – “दन्त चिकित्सकले गर्ने काम दन्त सर्जन र दन्त सहायकले गर्छु भन्नु उचित होइन । सरकारले राजधानी बाहिर विशेषज्ञ पठाउन दरबन्दी सिर्जना गरी बाहिर जाने वातावरण बनाउनुपर्छ । तर विशेषज्ञ जाँदैनन्, त्यसैले दन्त सर्जनले सेवा दिन पाउनुपर्छ भन्ने भनाइ ठीक होइन ।’’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका