Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा यसरी मनाईयो विश्व क्यान्सर दिवस – Gaule Khabar

चितवनमा यसरी मनाईयो विश्व क्यान्सर दिवस

चितवनमा यसरी मनाईयो विश्व क्यान्सर दिवस

चितवन, माघ २२–

चितवनमा विविध कार्यक्रम गरि विश्व क्यान्सर दिवस मनाइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था चितवन, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका विभिन्न संघसंस्थाको आयोजनामा आज एक भव्य कार्यक्रम गरियो । सो कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ प्रमुख अतिथि रहेका थिए ।
विश्व क्यान्सर दिवसको अवसर पारेर शनिबार बिहान भरतपुरको क्यान्सर अस्पतालबाट निश्किएको चेतनामूलक मोटरसाइकल र्यालीले चौबिसकोठी, पुलचोक, आँपटारी, बाइपास रोड, केन्द्रीय बसपार्क हुँदै पुनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पुगेको थियो । र्यालीपछि नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर अस्पतालमा उपचार गरिरहेका बिरामीलाई १५ हजार रुपैयाँ बराबरको तीन पोका किमो वितरण गरेको थियो । त्यस्तै नारायणगढको भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्द तिवारीले अस्पतालका एक सय ७५ जना बिरामीलाई करिब २५ हजार रुपैयाँ बराबरको फलफूल निःशुल्क रुपमा वितरण गरेका थिए ।

क्यान्सर सम्बन्धी जनचेतना फैलाउन चितवनका सामुदायिक विद्यालयका विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले क्यान्सर अस्पतालको कर्मचारी र डाक्टरका कारण अस्पताल धराशायी बनेको बताए । भरतपुरको क्यान्सर अस्पतालका अध्यक्ष काठमाडौँमा बसेर अस्पताल सञ्चालन नहुने भन्दै सम्पूर्ण डाक्टरहरु पुरै समय अस्पतालमा नै रहनुपर्ने गुरुङको भनाइ थियो । क्यान्सर अस्पतालका मेसिनहरु बिग्रीएको भए मन्त्रालयसँग माग गर्न आग्रह गर्दै दक्षिण एशीयाको ठूलो अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि मन्त्रालयबाट सम्पूर्ण सहयोग गर्न आफूहरु तयार रहेको गुरुङले बताए ।


कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्मचारी र ट्रेड युनीयनका कारण क्यान्सर अस्पताललाई क्यान्सर लागेको बताए । कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका