Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रोल्पामा १,४१२ उद्योग सञ्चालनमा – Gaule Khabar

रोल्पामा १,४१२ उद्योग सञ्चालनमा

रोल्पामा १,४१२ उद्योग सञ्चालनमा

लिबाङ (रोल्पा),माघ २२ –

घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ ।

उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादनमूलक उद्योग एक सय ६२ वटा स्थापना भएको देखिन्छ । ती उद्योगबाट ३४८ जना महिला र ४२९ जना पुरुषले रोजगार पाएका छन् ।

त्यसैगरी, वनजन्य र कृषिमा आधारित ३१६ वटा उद्योग स्थापना भई सञ्चालनमा रहेका छन् । ती उद्योगबाट १८२ जना महिला र ३८८ जना पुरुषले रोजगार पाएका छन् ।

त्यस्तै, पर्यटनसम्बन्धी ३७१ वटा उद्योग स्थापना भई सञ्चालनमा रहेका छन् ।

यसैगरी, जिल्लामा ३५८ वटा सेवामूलक उद्योग स्थापना भएका र ती उद्योगमा ४४८ जना महिला र ८०४ जना पुरुष कार्यरत छन् ।

तर ऊर्जामूलक उद्योग भने जिल्लामा हालसम्म एउटा मात्र स्थापना भएको छ जसमा १५ जना पुरुष मात्र कार्यरत छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका