Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कागती हेर्नुहोस् : स्तन क्यान्सर थाहा पाउनुहोस् – Gaule Khabar

कागती हेर्नुहोस् : स्तन क्यान्सर थाहा पाउनुहोस्

कागती हेर्नुहोस् : स्तन क्यान्सर थाहा पाउनुहोस्

काठमाडौं, माघ २२ –

विश्वमा फोक्सोको क्यान्सरपछिको सबैभन्दा धेरै ज्यान लिने क्यान्सर स्तन क्यान्सर हो । विकासित तथा विकासशील दुवै देशका महिलामा स्तन क्यान्सरको जोखिममा रहेका विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।
स्तनमा लागेको क्यान्सर पहिलो चरणमै थाहा भए उपचार सहज हुन्छ भने महिलाले क्यान्सरकै कारण स्तन गुमाउनुपर्ने वा ज्यानै गुमाउनुपर्ने अवस्था आउँदैन ।
महिलाले आफैले जाँच गरेर पनि स्तनमा आएका परिवर्तन क्यान्सरको संकेत हो वा होइन भन्ने पत्ता लगाउन सक्छ । तर एक अध्ययनका अनुसार स्तन क्यान्सर भएका ३ प्रतिशत महिलाले यस्ता संकेतलाई वेवास्ता गर्ने गरेका छन् । अझ अशिक्षित र विकासशील क्षेत्रका महिलालाई आफ्नो स्तनमा कस्ता परिवर्तन आएमा क्यान्सरको जोखिम हुन्छ भन्ने नै थाहा हुँदैछ ।
त्यसैले क्यान्सरबारे सचेतना जगाउन बनेको च्यारिटि संस्थाले स्तन क्यान्सरको संकेत थाहा पाउन नो यो लेमन तस्बिर बनाएको छ ।
जसमा विभिन्न आकार प्रकारका कागती राखिएको छ, यदि महिलाको स्तनमा पनि यी कागतीको जस्तै लक्षण भए त्यो स्तन क्यान्सरको संकेत हुने भनेर सचेतना जगाउन यसले मद्दत पुग्ने अपेक्षा गरिएको छ । तपार्इंको स्तनमा पनि चित्रमा देखाइएको कागतीको जस्तै समस्या पो छ की, हेरेर जाँच गर्नुहोस् । –एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका