Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने सरकारी तयारी – Gaule Khabar

पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने सरकारी तयारी

पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने सरकारी तयारी

काठमाडौं,माघ २१-

सरकारी अस्पतालमा पत्रकारहरुको उपचार खर्चमा ५० प्रतिशत सहुलियत दिने व्यवस्थाका लागि सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। चालू वर्षको बजेटमै पत्रकारलाई सरकारी अस्पतालमा उपचार गराउँदै ५० प्रतिशत सहुलियत दिने घोषणा गरेको थियो। मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मन्त्री कार्कीले अब पत्रकारलाई उपचारमा ५० प्रतिशत छूट र सुरक्षा दिने तयारी प्रक्रिया अघि बढाएको जानकारी गराएका हुन्।

राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भन्दै मन्त्री कार्कीले सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरनभएकोबारे अनुगमन गर्ने र पत्रकारको सुरक्षाका विषयमा अध्ययन गर्नेसमेत बताए। कार्कीका अनुसार अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्न अनलाइन सञ्चार निर्देशिका परिमार्जनसहित राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको बताए। यस्तै सूचना विभागमा इन्फर्मेशन हब स्थापना गर्ने, नेपाल टेलिभिजनको कोहलपुर र इटहरीबाट क्षेत्रीय प्रशारण शुरु गर्ने तयारी भइरहेको समेत जानकारी गराए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका