Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमसार क्षेत्रको संरक्षण आवश्यक : मन्त्री भण्डारी – Gaule Khabar

सिमसार क्षेत्रको संरक्षण आवश्यक : मन्त्री भण्डारी

सिमसार क्षेत्रको संरक्षण आवश्यक : मन्त्री भण्डारी

काठमाडौं,माघ २० –

वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सिमसार क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।

विश्व सिमसार दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिम क्षेत्र नेपालको संरक्षणका लागि सिमसार क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभएको हो ।
मन्त्री भण्डारीले सिमसार क्षेत्र बहुआयमिक क्षेत्र भएकाले यसको संरक्षणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोग आवश्यक रहेको छ भन्नु भयो ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले सिमसार क्षेत्रको संरक्षण भएमात्र स्थानीय जनसमुदायको जीविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो ।
विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेल, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक विजयराज पौडेल, वन तथा भूसंरक्षण मन्त्रालयका पूर्व सचिव स्वयम्भुमान अमात्यलगायतले विकास निर्माणको कामले सिमसारको व्यवस्थापनमा चुनौती थपिएको बताउँदै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

बीस वर्षदेखि उक्त दिवस मनाउँदै आएको नेपालमा हाल पाँच प्रतिशतमात्र सिमसार क्षेत्र रहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका