Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिलाको कानको प्वालमा सर्प फस्यो – Gaule Khabar

महिलाको कानको प्वालमा सर्प फस्यो

महिलाको कानको प्वालमा सर्प फस्यो

अमेरिका,माघ २० –

अमेरिकाको ओरिगन राज्यकी एक महिलाको कानको प्वालमा सर्प फसेको छ । ओरिगनकी ऐशली ग्लाईको कानको प्वालमा उनले पालेको सर्प फसेको हो । कानको प्वालबाट निस्कने प्रयास गरेको सर्प त्यहीँ फसेको हो । ग्लाईले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिरमा उनको कानको प्वालमा सर्प झण्डिएको देखिन्छ ।

उनले तस्बिर पोस्ट गर्दै लेखेकी छन् ‘मेरो जीवनको अहिलेसम्मकै सबै भन्दा बढी पागलपनले भरिएको समय । मेरो सर्प कानको प्वालमा फस्यो र यसलाई निकाल्नका लागि अस्पतालको आश्मिक कक्षमा जानु पर्‍यो ।’ हातमा सर्प खेलाइ रहेका बेला उ आफ्नो कानको प्वालमा पसेको ग्लाईले बताइन् । अहिले सर्प ठीक रहेको र त्यसलाई निकाल्न कान पनि चिर्नु नपरेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ