Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बर्दियामा हात्ती आतङ्कले स्थानीयवासी मर्कामा – Gaule Khabar

बर्दियामा हात्ती आतङ्कले स्थानीयवासी मर्कामा

बर्दियामा  हात्ती आतङ्कले स्थानीयवासी मर्कामा

गुलरिया (बर्दिया), माघ १९ –

बर्दिया राष्ट्रिय निकुन्ज आसपास क्षेत्रका विभिन्न गाविसमा जङ्गली हात्तीले बर्सेनी अन्नबाली र धनजनको नोक्सान गर्न थालेपछि स्थानीयवासी मर्कामा परेका छन् ।

बर्दिया बबई नगरपालिकाको बलाती, कर्मला, डुर्मेनी, बर्गदा, ठाकुरद्वाराको शिवपुर हात्तीसार र सूर्यपटुवाको कैलासीलगायत निकुन्ज आसपासका विभिन्न गाउँमा जङ्गली हात्ती पसेर बर्सेनी सयौँ बिगाहामा लगाइएको धान, मकै, गहुँ र उखुबाली नोक्सान गर्न तथा घरगोठ भत्काउन थालेपछि स्थानीयवासी मर्कामा परेका हुन् ।

यसरी जङ्गली हात्तीले वर्सेनी धनजनको ठूलो क्षति गरेपनि उनीहरुले भने राहत पाउन सकेका छैनन् ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले दिनहुँ घरगोठ भत्काउने र खेतबारीको गहुँबाली नोक्सान गर्न थालेपछि बर्दिया बबई नगरपालिकाको कर्मला र बलाती गाउँवासी अहिले आक्रोशित भएका छन् ।

जङ्गली हात्तीले बालीनालीमा नोक्सान प¥ुयाएपछि क्षतिपूर्तिीस्वरुप राहत, हात्ती धपाउने सामग्रीसहित सुरक्षाकर्मीको व्यवस्था र ज्यानको सुरक्षालगायतका विभिन्न सात बुँदे माग राखी बबई नगरपालिकाको कर्मला र बलातीका पीडित कृषकले सोमबार निकुन्जमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

दिनहुँ जङ्गली हात्तीले घरगोठ र खेतबारीको अन्नबालीमा क्षति पु¥याउँदै आएको भए पनि सम्बन्धित निकायले अहिलेसम्म यस सम्बन्धमा कुनै चासो देखाएको छैन्, बलातीका धर्मराज शर्माले भन्नुभयो ।

दिनहँु गाउँमा जङ्गली हात्ती पसेर घर भत्काउन थालेपछि गाउँबासी आफनो घर जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । हात्ती धपाउन निकुञ्जले वास्ता नगरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

जङ्गली हात्तीको आतङ्क कम गर्न र अन्नबालीमा भएको क्षतिस्वरुप राहत रकम वृिद्ध गर्न माथिल्लो निकायमा जानकारी गराइएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका