Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अध्यनशीललाई लक्षित गर्दै ग्रीनपार्कमा स्टडी जोन – Gaule Khabar

अध्यनशीललाई लक्षित गर्दै ग्रीनपार्कमा स्टडी जोन

अध्यनशीललाई लक्षित गर्दै ग्रीनपार्कमा स्टडी जोन

चितवन, माघ १८–

प्रायः मानिस रेष्टुरेण्ट जानु भनेको खाना, खाजा खान र रमाईलो गर्न । त्यही रेष्टुरेण्टहरुमा धुम्रपानका लागि छुट्टै स्थान बनाईएको हुन्छ । जो अध्ययन गर्दै खाजामा रमाउँन चाहन्छ उसका लागि कुनै स्थान पाईदैन रेष्टुरेण्टहरुमा । तर चितवनको भरतपुरस्थित लंकुमा रहेको ग्रीनपार्क रेष्टरेण्टमा भने अध्यनशील व्यक्तिहरु खाजा, खानासंगै अध्ययन समेत गर्न पाउने भएका छन् ।


रेष्टुरेण्टले आज (मंगलबार)बाट औपचारिक रुपमा स्टडी जोनको शुभारम्भ गरेको हो । रेष्टुरेण्टका संचालक युवा व्यवसायी एवंम समाजसेवी जोन कँडेलले आज आफ्नो जन्म दिनको अवसर पारेर रिवन काटेर स्टडी जोनको शुभारम्भ गर्नुभयो । स्टडी जोनमा गएर अध्ययनमा रुची राख्ने व्यक्तिहरुले विभिन्न पुस्तक अध्ययनसंगै खाजा खान सक्ने छन् । संचालक कँडेलले भन्नुभयो–“रेष्टुरेण्टलाई जहिले पनि मनोरञ्जनका रुपमा मात्र लिने गरिन्छ, तर रेष्टुरेण्टमै बसेर मानिस अध्यनशील पनि बन्न सक्छन् ।”


संचालक कँडेलका अनुसार अहिले बजारमा चलेका विभिन्न पुस्तकहरु राखिएका छन् । स्टडी जोनका लागि पुस्तकहरु आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका