Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
थ्रेस होल्ड नराख्न माग गर्दै देउवा निवास पुगे साना दल – Gaule Khabar

थ्रेस होल्ड नराख्न माग गर्दै देउवा निवास पुगे साना दल

थ्रेस होल्ड नराख्न माग गर्दै देउवा निवास पुगे साना दल

काठमाडौं,माघ १८ –

साना दलहरुले थ्रेस होल्ड नराख्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

नेकपा माले, नेमकिपा लगायतका साना दलका सांसदहरुले मंगलबार बिहान देउवालाई भेटेका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा निश्चित मत नल्याएसम्म सांसद नपाउने व्यवस्था भएको र यो नै एक प्रकारको थ्रेस होल्ड भएको भन्दै उनीहरुले अर्को व्यवस्था नगर्न माग गरे ।

पहिलो र दोस्रो संविधानसभामा झण्डै २० हजार मत ल्याएका दलले एक सभासद पाएका थिए । अब झण्डै ९० हजारदेखि १ लाखसम्म मत ल्याउनेले मात्र सांसद पाउने भन्दै साना दलले अर्को छुट्टै व्यवस्था नगर्न आग्रह गरे ।

गृह मन्त्रालयले ल्याएको राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेस होल्डको प्रस्ताव नभएको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले भने, ‘अहिले संशोधन हालेर थ्रेस होल्ड राख्न खोजिएको छ । यो निर्दलीय व्यवस्था फर्काउने प्रयास हो ।’

जवाफमा देउवाले यसबारे छलफल गर्ने आश्वासन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका