Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्वदेशी नांगा साबुनविरुद्ध खनिएको युनिलिभरका उत्पादनमा हुन्छन् यस्ता खतरनाक तत्व – Gaule Khabar

स्वदेशी नांगा साबुनविरुद्ध खनिएको युनिलिभरका उत्पादनमा हुन्छन् यस्ता खतरनाक तत्व

स्वदेशी नांगा साबुनविरुद्ध खनिएको युनिलिभरका उत्पादनमा हुन्छन् यस्ता खतरनाक तत्व

काठमाडौं, माघ १७ –

भारतको बहुराष्ट्रिय कम्पनी युनिलिभरले ‘नांगा साबुनमा बोसो हुन्छ, यस्तो साबुन स्वास्थ्यका लागि हानिकारक हुन्छ’ भन्दै पत्रपत्रिकामा विज्ञापनका माध्यमबाट दूष्प्रचार गरिरहेको छ ।

सम्भवतः युनिलिभिरले नेपालमा कुनै लुगाधुने साबुन निकाल्दैछ । त्यसो त उसका नुहाउने साबनहरु पनि छन् । साबुनमा बोसोे मिसाएर वा नमिसाइ पनि उत्पादन हुने गर्छ । धार्मिक बिषयवस्तु नल्याउने हो भने बोसोको कुनै साइड इफेक्ट हुँदैन । तर बोसो नमिसाई तयार पारिने साबुनमा रहेका केही रसायनहरुको भने साइड इफेक्ट हुन्छ ।

जस्तो कि साबुनमा कास्टिक सोडा, उच्च पिएच लेभलले छालालाई हानि गर्छ । युनिलिभरले बासो हुन्छ भन्दै नेपालका स्वदेशी साबुन उद्योगमाथि धावा बोले पनि उ आफैले उत्पादन गर्ने साबुनमा भने हानिकारक हुन सक्ने सम्भावना छ । किनभने सबैजसो साबुनमा त्यस्ता हानिकारण रसायन राखिएको हुन्छ । युनिलिभिरका केमिकलयुक्त उत्पादनका पनि साइड इफेक्ट नहुने भन्ने हुँदैन ।


बोसो नभएका तर केमिकलयुक्त साबुनका तीन खतरनाक प्रभाव

१. कास्टिक सोडाः केमिकलयुक्त साबुनले विशेषगरी छालामा हानी गर्छ । साबुनमा भएको कास्टिक सोडाले छालामा नराम्ररी हानी पुर्याउँछ । यो यस्तो केमिकल हो जस्ले फलामको बाहिरी सतहमा टाँसिएको कडा लेयर पनि हटाउन सक्छ । त्यस्तो केमिकल साबुनमा हालिएको हुन्छ । सामान्यत कास्टिक सोडा पुराना गाडी, धातु सफा गर्न प्रयोग हुन्छ । फलाम सफा गर्नेले छाला सफा गर्दा के होला ? आफै अनुमान गर्नुहोस् ।

उदाहरणका लागि तपाईले साबुनले नुहाएर घाममा बस्नु भयो भने छालामा एक खाले सेतो देख्नु हुनेछ । त्यसलाई नङले हल्का कोर्नुहोस् । त्यसबाट सेता पदार्थको एक पत्र सजिलै देख्नु हुनेछ । त्यो पत्र भनेकै कास्टिक सोडा हो ।

२. प्राकृतिक तेलः शरिरले छालाको विशेषतालाई बचाई राख्न एक किशिमको प्राकृतिक तेल उत्पादन गरिरहेको हुन्छ । जुन छालाका मसिना प्वालहरुबाट निस्कन्छन् । यसले छालामा एक किशिमको तैलीय अवस्था बनाइराख्छ । तर साबुनले छालाका लागि चाहिने यस्ता तेल सबै हटाइदिन्छ । र छालालाई पूरै सुख्खा बनाउँछ । यो छालाका लागि बेफाइदा हो ।

३. उच्च पिएच लेभलः पिएच लेभल भन्नेको पोटेन्सियल अफ हाइड्रोजन हो । अर्को अर्थमा एसिडको मात्रा हो । मान्छेको हनुहारमा एसिड आक्रमण भएको त हामीले सुनेकै छौं । त्यो एसिड र कागतीको रसमा हुने एसिड उस्तै उस्तै हो । एसिडको लेभल मात्रै फरक हो । कडा एसिडले छाला जलाउँछ । नरमले कम प्रभाव पार्छ । तर साबुनमा पिएच लेभल उच्च हुन्छ । जुन छालाका लागि हानिकारण मानिन्छ । छालामा रहने उपयोगी अन्य एसिडहरुको लेयरहरुलाई साबुनमा भएको उच्च पिएचले हटाइ दिन्छ । जुन छालाका लागि हानिकारण हुन्छ ।

त्यतिमात्रै होइन बोसोको विरुद्ध प्रचार गर्ने युनिलिभर जस्ता उद्योगले उत्पादन गर्ने साबुनका अन्य बेफाइदा पनि हुन्छन । कतिपय अवस्थामा छालामा रहने भिटामिनलाई समेत केमिकल साबुनले हटाइदिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका