Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वाइल्ड लाईफ पर्यटन र चितवन – Gaule Khabar

वाइल्ड लाईफ पर्यटन र चितवन

वाइल्ड लाईफ पर्यटन र चितवन
  • सागर चन्द-

नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये एउटा प्रमुख गन्तव्य हो चितवन । विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्ट्रिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्दत गरेको छ ।

सागर चन्द

९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज वि.स २०३० सालमा स्थापना भएको हो । नेपालकै पहिलो राष्टिय निकुञ्जको रुपमा स्थापना भएको यो निकुञ्ज दुर्लभ एक सिंगे गैंडाका लागि विश्वभर प्रख्यात रहेको छ ।

सन् १९८४मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भए पछि यो निकुञ्जमा विश्वभरका पर्यटकहरुको रोजाइमा पर्न थाल्यो । मध्य तराईमा अवस्थित रहेको यो निकुञ्ज जैविक विविधताले निकै धनी छ ।

यही विविधताका कारण नै यो क्षेत्रमा wild life safari को मज्जा लिन वर्षेनि लाखौँको संख्यामा पर्यटक भित्रने गर्छन् । यहाँका होटल तथा रिसोर्ट व्यवसायिहरुको आम्दानीको स्रोत बनेको छ चितवन राष्टिय निकुञ्ज ।

विश्वमै दुर्लभ एक सिंगे गैंडा र पाटे बाघको लागि प्रसिद्ध यो निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन् । प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन् ।

यसको संरक्षणले मात्र पनि देशमा पर्यटकको आगमनलाई बाक्लिन सम्भव बनाउँछ । चितवन राष्ट्रिय निकृञ्जमा लाइसेन्स प्राप्त ७ रिसोर्टहरुले त्यहाँका स्थानिय बासिन्दाहरुलाई रोजगारि प्रदान गरेर स्थानीय अर्थतन्त्रको विकासमा टेवा पु¥याएका छन् ।

निकुञ्ज घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानिय बस्तिहरुमा लगेर त्यहाँको परम्परा र संस्कृतिसंग साक्षात्कार गराइन्छ । पर्यटकहरुको आगमनबाट भएको आयआर्जनको हिस्सेदार त्यहाँको स्थानिय बासिन्दा पनि हुन्छन् ।

यसरी स्थानीय र व्यवसायीलाई हातेमालो गराउनको लागि नेपाल सरकारले पनि केही नियमहरु बनाइ दिएको छ । जसको एउटै उद्देश्य भनेको प्राकृतिक सम्पदाको संरक्षण, स्थानिय बासिन्दाको जिवन स्तरलाई सुधार्नु र नेपाल आउने पर्यटकलाई प्रकृतिसंग रमाउन दिनुु हो ।

१९औं शताब्दीसम्म जंगलको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज नेपाली शासकहरुको सिकारथलोको रुपमा रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौँको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जंगलको बाटो प्रयोग गर्ने बटुवाहरूको लागि यो सिकार थलोको रुपमा समेत लिइन्थ्यो ।

सन् १९५० मा, चितवनको वन र घाँसे मैदान २,६०० किमी (१,००० वर्ग माइल)मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । त्यस पछिका केही दशक पहाडबाट तराईतर्फको बसाईसराई उच्च हुन थालेपछि यहाँको चोरी सिकारी बढ्न थालेको पाइन्छ ।

सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्थाको कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएपछि सन् १९५९ मा, एडवर्ड प्रिचर्ड जीको सर्वेक्षणले उत्तरी सिमानाको राप्ती नदी र दक्षिणी सिमाना विचमा बसोबास गर्ने वन्यजन्तुको संरक्षण गर्न दश वर्षको लागि यो क्षेत्रलाई परिक्षणको रुपमा संरक्षीत क्षेत्रको रुपमा विकसित गरिनु पर्ने निष्र्कष निकाले ।

सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ वर्ग किमी मा विस्तार गरियो । त्यसपछि सन् १९९७ मा नारायणी(राप्ती नदीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण(पूर्वी सीमानामा र नेपाल भारत अन्तर्राष्टिय सिमानामा ७६६.१ वर्ग किलोमिटरको मध्यवर्ती क्षेत्र समेत जोडिन पुग्यो ।

चितवन राष्टिय निकुञ्ज वन्यजन्तु संरक्षणमा नेपालकै मात्र नभई विश्वकै पहिलो निकुञ्जमा पर्छ । चितवन राष्टिय निुकुञ्ज विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनका लागि पनि प्रख्यात छ ।

४० बर्षको कडा मिहेनतले चितवनलाई विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनको लागि चर्चित बनाएको बताउँछन् टेम्पल टाइगर ग्रिन जंगल रिर्सोटका संञ्चालक बसन्त राज मिश्रा ।

आज चितवन निकुञ्ज विश्वमै वाइल्ड लाईफ पर्यटनका लागि अफ्रिका पछिको दोस्रो आर्कषणको रुपमा लिइन्छ । यसरी यो निकुञ्जलाई एसियाकै पहिलो वाइल्ड लाईफ पर्यटकीय केन्द्र बनाउनको लागि यहाँ अर्थात चितवनका पर्यटन व्यवसायीको पहिलो योगदान र हात रहेको धारणा मिश्राको रहेको छ ।

संरक्षण र पर्यटनलाई सँगसँगै लग्न सकिन्छ भन्ने प्रयासको पहिलो उदाहरणको रुपमा चितवन राष्टिय निकुञ्जलाई लिने गरिन्छ । चितवन राष्टिय निकुञ्ज भित्र रहेका ७ वटा रिसोर्टहरुलाई सरकारले सन् २०१२मा निकुञ्जभित्रबाट बाहिरीने आदेश दिएको थियो ।

ति बाहिरीने रिर्सोटमा टेम्पल टाईगर पनि थियो । त्यस यताका ५ बर्षमा टेम्पल टाइगर ग्रिन जंगल रिर्सोट निकुञ्जको मध्यवर्ति क्षेत्रको किनाराबाट सेवा प्रदान गर्दै आइरहेको छ । करिब ३० बर्ष अगाडी स्थापना भएको यो रिर्सोट नेपाली पर्यटन उद्योग र विशेषगरि वाइल्ड लाईफ पर्यटनको लागि एसिया प्रसान्त क्षेत्रमा नमुनाको रुपमा लिइन्छ ।

पर्यटन उद्योगबाट सरकारले बर्षेनी अर्बौँ रुपैँया राजश्व उठाउने गर्छ । तर पर्यटन उद्योगमा प्रत्यक्ष रुपमा पहिलो प्रभाव देखाउने रिर्सोट र होटलहरुको लगानि सुरक्षित गर्ने र उद्योगलाई व्यवस्थि बनाउने प्रयासमा लागेको पाईदैँन् ।

विगत ४ वर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाहरुको संख्या पनि बर्षेनी बढिरहेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ गैंडा रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०२ गैंडा भेटिएका छन् ।

निकुञ्ज सरकारको मातहतमा रहने भएपनि यसको संरक्षण र सम्र्वद्धनको पहिलो दायित्व र कर्तव्य निकुञ्जका पर्यटन व्यवसायीको रहने धारणा मिश्राको रहेको छ । ‘हाम्रो व्यसाय नै वाइल्ड लाइफमा अडेको छ तसर्थ यसको संरक्षणमा पनि हामी पहिला अग्रसर हुनु पर्छ ।’ मिश्रा भन्छन् ।

त्यसो त बार्षिक रुपमा करिब २० करोड रुपैँया राजश्व तिर्ने गरेको टेम्पल टाइगर रिर्सोटलाई निकुञ्ज भित्रबाट बाहिर निकाले पछि चितवनमा आउने लक्जरी पर्यटकको संख्यामा पनि कमि आएको छ । एकातिर सरकार पर्यटन बर्ष मनाउने तयारी गरिरहेको छ ।

(सन् २०१८मा नेपाल भ्रमण बर्ष) अर्का तर्फ पर्यटन व्यसायी र पर्यटन उद्योगमा प्रत्यक्ष रुपमा जोडीएका निकायहरुलाई कमजोर बनाउँदै गएको छ । यदि यस्तै रहने हो भने नेपाली पर्यटन अझ कमजोर बन्न सक्ने पर्यटन व्यवसायीको धारणा रहेको छ ।

चितवन निकुञ्जले तीनपटक शून्य चोरी सिकार वर्ष मनाइसकेको छ । बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जले अन्तर्राष्टिय स्तरको ‘क्याट्स अवार्ड’ समेत पाइसकेको छ ।

यसरी चितवन निकुञ्जलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउन धेरै निकायको योगदान रहेको छ । सरकारको नेतृत्व, स्थानीयको प्रत्यक्ष सहभागित र पर्यटन व्यवसायीको अहोरात्र परिश्रम नै निकुञ्जको सफलताको रहस्य हो ।

सरकार स्थानिय र पर्यटन व्यवसायी एक आपसमा निर्भर मात्रै नभई जोडीएका छन् यी मध्ये कुनै एकलाई पनि यहाँबाट कमजोर बनाउने हो भने समग्र पर्यटन उद्योग कमजोर बन्न पुग्छ त्यसकारण पनि सरकारले सबै स्टक होल्डरहरुलाई हातेमालो गरेर अगाडी बढ्नु पर्छ ।

चितवन निकुञ्जमा गैंडा, बाघ र हाक्ती अवलोकनकै लागि विदेशी र स्वदेशी पर्यटक आउने गर्छन् । मूलतः चितवनमा खर्चिला पर्यटकहरु आउने गर्थे तर पछिल्ला ५ बर्ष यता पर्यटकको संख्या बढेको भएपनि ति खर्चिला र पर्यटक नभएको बताइदै आएको छ ।
३० बर्षे वाइल्ड लाईफ पर्यटनको अनुभव संगालेका मिश्राका अनुसार ‘यो निकै ठूलो बहसको बिषय हो पर्यटकको संख्या बढाउने कि स्तरीय पर्यटक ल्याउने ।’

टाइगर रिसोर्टले पर्यटन व्यवसाय मात्रै नभई निकुञ्जको संरक्षण र प्रर्वद्धनमा सक्रियता देखाएको छ । रिर्सोटले निकुञ्ज भित्रै हाक्ती प्रजनन केन्द्र पनि संञ्चालन गर्दै आएको छ । अहिले उक्त प्रजनन् केन्द्रमा एउटा छावासहित ३ वटा हाक्ती रहेका बताउँछन् रिर्सोटका पर्यटक गाईड तथा म्यानेजर अम्बिका प्रसाद ।

अहिले मात्रै चितवन निकुञ्जमा ३ सय भन्दा धेरैले निकुञ्ज पर्यटक गाईडको रुपमा रोजगारि प्राप्त गरेका छन् । हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

यती धेरै मात्रामा रोजगारी सिर्जना गर्ने पर्यटन व्यवसायीहरुलाई विभिन्न कारण देखाउँदै सरकारले वेवास्ता गर्नु भनेको मुलुकको आर्थिक समृद्धि तथा स्थानीय आर्थिक जिवनलाई नजरअन्दाज गर्दा भविष्यमा पक्कै पनि यसको नकारात्मक असर समग्र अर्थतन्त्रमा पर्ने आकंलन मिश्राको रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मुलुकमै सबैभन्दा धेरै रोयल्टी उठाउने निकुञ्जमा पर्छ । बार्षिक रुपमा नेपालका समग्र निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रबाट ५० करोड भन्दा धेरै राजस्व आम्दानी हुने गर्छ जसमा ६० प्रतिशत हिस्सा चितवनको रहने गरेको छ ।

निकुञ्जको संरक्षणको नाममा सरकारले व्यसायी र स्थानीयलाई अल्ग्याउन खोजेको आरोप व्यवसायी तथा स्थानीयको रहेको छ । चितवन वाइल्ड लाईफ मात्रै नभई थारु संस्कृतीका लागि पनि आर्कषणको रुपमा लिइन्छ ।

वाइल्ड लाईफ, संस्कृती र अर्थतन्त्रको संयोजन भनेको नै चितवनको आर्कषण हो । चालु आर्थिक वर्ष २०७३/०७४ को मंसिर मसान्तसम्म ५० हजार नौ सय ७० जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् ।

देशव्यापी रुपमा आन्तरिक पर्यटनको माहोल सिर्जना भइरहेको समयमा चितवन पनि त्यसको अपवाद बन्न सक्दैन तर पर्यटन उद्योगमा स्थानीय र पर्यटन व्यवसायीलाई पृथक राखेर सरकारले चितवनको पर्यटकीय महत्वलाई बढाउन नसक्ने आरोप लगाउने गर्छन मिश्रा । वाइल्ड लाईफ पर्यटन भनेपछि संसारमै अफ्रीका मात्रै बुझ्ने गरिएको समयमा टेम्पल टाइगरले त्यसको परिभाषा बदलेर नेपालमा पनि वाइल्ड लाईफ पर्यटन संभव छ भनेर उदाहरणीय काम गरेको सम्झिन्छन् मिश्रा ।

पछिल्लो गणना हेर्ने हो भने पनि चितवन निकुञ्जमा १ सय २० बयस्क बाघ छन् । सरकारले निुकञ्ज भित्र रहेको रिर्सोटलाई निकुञ्ज बाहिर सर्ने आदेश दिएको ५ बर्ष पुगिसकेको छ । यसरी बाहिरीने आदेश दिएपछि निकुञ्जमा सबैको पहुँच पनि पुगेको छ तर त्यो पहुँच र सहजता निकुञ्जको लागि दिर्घकालीन रुपमा फाइदाजनक हुन्छ की हुदैँन ?

संसारभर नै निकुञ्ज भित्र कुनै पनि मानविय क्रियाकलाप गर्नको लागि लामो वाइल्ड लाईफ अनुभव पहिलो सर्तको रुपमा रहेको हुन्छ तर नेपालमा भने त्यसो देखीएको छैन् तसर्थ अबको बहस भनेको तत्कालीन मुनाफाका लागि निर्णय गर्ने वा दुरदृष्टि सहित काम गर्ने भन्ने हो संगै पर्यटक बढाउने मात्रै होइन उनिहरुबाट कसरी धेरैभन्दा धेरै आम्दानी गर्न सकिन्छ र त्यसको फाइदा स्थानीय स्तर सम्म पु¥याउनु पनि हो ।

यदी सरकारको यस्तै रवैया रहने हो भने चितवन निकुञ्ज आजका लागि मात्रै नभई हजारौँ पुस्ताका लागि पनि यती नै महत्वपूर्ण हुन सक्छ त ? यसको संरक्षण र संर्वद्धन गर्दै यसको प्राकृतीकतालाई नबिथोलीकन अर्थिक लाभ लिन सक्नु पनि ठूलो चुनौती सावित हुने देख्छन मिश्रा ।

टेम्पल टाइगर रिर्सोट

सन् १९९८मा स्थापना भएको यो रिर्सोट चितवन राष्ट्रिय निकुञ्ज भित्रको बसाईको लागि पहिलो आर्कषको रुपमा लिइन्छ । प्रकृतिको सान्ध्यितालाई खलबल नगरिकन उच्च स्तरीय सेवा र सत्कार दिने यो रिर्सोट विश्वभरका धेरै ग्रिन संञ्जालहरुको सदस्य पनि हो ।

वातवरीय सन्तुलन नबिगारीकन स्थानीय स्रोत र साधनको प्रयोग गर्दै अन्तर्राष्टिय स्तरको सेवा प्रदान गर्ने यो रिर्सोट वाइल्ड लाईफ पर्यटनमा नेपालको लागि आधारको विश्वभरको वाइल्ड लाइफ पर्यटनमा रुचि राख्नेहरुका माझ परिचित छ ।

सन् २०१२को अप्रील महीनाबाट सरकारले यो रिर्सोटलाई निकुञ्ज भित्रबाट बाहिर निकालेपछि हाल नवलपरासीको अमलटारी क्षेत्रको मध्यवर्ति क्षेत्रबाट रिर्सोटले सेवा प्रदान गर्दै आइरहेको छ ।

पर्यटकलाई हाक्ती सफारी, जिप सफारी, नारायणी नदिमा डुगां सयर तथा थारु संस्कृती नजिकबाट अवलोकन गराउन सक्नु यसको पहिलो विशेषता हो भने स्थानीलाई रोजगार प्रदान गर्दै इको पर्यटन, निकुञ्जको संरक्षण तथा निकुञ्जलाई विश्वव्यापी रुपमा चिनाउन मद्धत गर्नु यसको अर्को विशेषता हो ।

स्थापनाकाल देखीनै यो रिर्सोटले स्तरीय पर्यटक तथा पर्यटनमा जोड दिदै आएको छ,सन् २००१मा बिट्रिस यअरवेजले यो रिर्सोटलाई “ टुरिजम फर टुमारो ”नामक अर्वाड पनि प्रदान गरिसकेको छ । यति मात्रै होइन रिर्सोटले व्यवसायीकता संगै सामाजीक उत्तरदायीत्व पनि निर्वाह गर्दै आएको छ ।

स्थानीय विद्यालयलाई बार्षिक रुपमा प्रदान गरिने सहयोग, धेरैभन्दा धेरै स्थानीयलाई रोजगार प्रदान गर्नु र स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गर्दै स्थानीयबासीको आर्थिक जिवन सबल बनाउन पनि रिर्सोटको योगदान रहेको छ । यसका साथै रिर्सोटले आन्तरीक पर्यटकका लागि भनेर छुट्टै प्याकेजहरु पनि प्रदान गर्दै आएको छ ।

अन्त्यमा प्राकृतिक सम्पदाहरुको भरपुर प्रयोग गर्दै तिनीहरुको संरक्षण, संर्वद्धन र प्रमोसन गदै स्थानीय तथा राष्टिय अर्थतन्त्र मजबुत बनाउनु नै पर्यटन उद्योगको पहिलो उदेश्य रहने गर्छ ।

पर्यटन उद्योगको सर्वोपरि विकास र दिगो बनाउनका लागि टेम्पल टाइगर रिर्सोट जस्ता अनुभवी तथा व्यवसायीक मयार्दाका मानकहरुलाई सरकार तथा सरोकारवाला निकायले नजरअन्दाज गर्दा त्यसको परिणाम भविष्यमा पर्यटन उद्योगले भोग्ने नै छ । निश्चय नै बदलिदो विश्वपरिवेस संगै पर्यटन उद्योग पनि मौलाउँदौ छ ।

पर्यटन र यसका आयामहरुलाई अझ उचाइमा पु¥याउनका लागि सरकारले पर्यटन व्यवसायी तथा स्थानीयसंग हातेमालो गर्नै पर्ने हुन्छ । टाइगर टेम्पल विगत २९ वर्ष भन्दा लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्जमा उत्कृष्ट जङ्गल सफारी गराउँन सफल छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकलाई धेरै भन्दा धेरे भित्रायाउन त्यहाँको प्राकृतिक स्रोत साधनलाई जस्ताको तस्तै प्रस्तुत गरेर सके सम्म प्रकृतिसंग नजिक हुने वातावरण सृजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका