Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हेटौंडा-कुलेखनी हुँदै दोस्रो सर्किटको विजुली काठमाडौं जोडियो – Gaule Khabar

हेटौंडा-कुलेखनी हुँदै दोस्रो सर्किटको विजुली काठमाडौं जोडियो

हेटौंडा-कुलेखनी हुँदै दोस्रो सर्किटको विजुली काठमाडौं जोडियो

हेटौडा,माघ १५-

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि हेटौंडा-कुलेखानी-स्युचाटार दोस्रो १३२ केभी प्रशारणलाइन सञ्चालनमा ल्याउँदैछ । यसले हेटौंडाबाट आउने थप विजुलीलाई स्युचाटार सब-स्टेशनमा जोड्नेछ ।यो प्रसारण सञ्चालनले काठमाडौंमा लोडसेडिङ नगर्ने प्रतिवद्धतालाई थप सहयोग पुग्ने विद्युत प्राधिकरणको विश्वास छ ।

यसअघि १३२ केभीको प्रशारणलाइन सञ्चालनमा थियो । सोही टावरमा अर्को सर्किट राखेर नयाँ प्रशारणलाइन सञ्चालनमा आएको हो । प्राधिकरणका कुलमान घिसिङ नेतृत्वमा आएपछि प्रसारण लाइन निर्माणले तिव्रता पाएको थियो । आयोजनाले माथातीर्थ-सतुङ्गल-नैकाप हुँदै स्युचाटारसम्म बिजुली प्रशारण गरेको छ ।

यसले कुलेखानीबाट काठमाडौं बिजुली ल्याउन थप सहज हुनेछ । एउटा सर्किटमा समस्या आए अर्को सर्किट प्रयोगमा ल्याउन सकिनेछ । पुसमा नै यो लाइनबाट विजुली मातातीर्थसम्म आइसकेको थियो ।

स्युचाटार जोड्न बीच भागको प्रशारणलाइनमा ३ वटा घरहरु थिए । जसलाई हटाएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । यसअघि खिम्ती-ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आइसकेको छ ।

चपली स्टेशन पनि चार्ज

यसैगरी विद्युत प्राधिकरणले चपली सबस्टेसन सञ्चालन ल्याएको छ । विजुली वितरण र प्रसारण गर्न महत्वपूर्ण मानिएको चपलीको स्टेशन पनि सञ्चालनमा आएको हो । सबस्टेसनमा ३० र ९९ एमभिएका ट्रान्सर्फमर जडान गरिएका छन् ।

यो सब-स्टेशन चार्ज हुँदा उत्तरी क्षेत्रतर्फका विभिन्ने स्वीचिङ स्टेसनको लोड घटाउनेछ । विजुली वितरणमा यसले निकै सहयोग गर्नेछ ।

अनलाइन खवरवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका