Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल ग्रामीण विकास बैंक मुनाफामा – Gaule Khabar

नेपाल ग्रामीण विकास बैंक मुनाफामा

नेपाल ग्रामीण विकास बैंक मुनाफामा

बुटवल,माघ १५ –

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ मा रु ३६ करोड ६५ लाख ८२ हजार सञ्चालन मुनाफा हासिल गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा आज यहाँ बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनलगायत आर्थिक वर्ष २०७२÷७३ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पा“च विकास क्षेत्रमा स्थापना भएका साविकका पा“च वटा ग्रामीण विकास बैंक मर्ज भई बनेको राष्ट्रियस्तरको लघुवित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी रु ५५ करोड ७५ लाख रहेको छ ।

लघुवित्तको कारोबार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्र प्राप्त यस बैंकले आर्थिक वर्ष २०७३÷७४ को पुस मसान्तसम्ममा ५३ जिल्लामा एक सय ९२ वटा कार्यालय स्थापना गरी दुई लाख १० हजार ९१२ ग्राहक सदस्य र एक लाख ३६ हजार ५१४ ऋणी सदस्यलाई लघुवित्तीय सेवा पु¥याउ“दै आएको छ ।

विसं २०७३ असार मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको बा“की कर्जा रु ६ अर्ब ४१ करोड ३० लाख १५ हजार र बचत परिचालन रु एक अर्ब ८१ करोड ९३ लाख १४ हजार रहेकोमा चालु आवको २०७३ पुस मसान्तसम्ममा बैंकको कुल लगानीमा रहेको बा“की कर्जा रु सात अर्ब ११ करोड ३६ लाख २१ हजार र बचत परिचालन रु दुई अर्ब एक करोड ७५ लाख ६ हजार पुगेको बैंकले जनाएको छ ।

२०७२ असारको तुलनामा २०७३ असारमा बैंकको कुल लगानीमा रहेको बाँकी कर्जा २२ दशमलव ७७ प्रतिशत, बचत परिचालन २८ दशमलव ९८ प्रतिशत र नाफामा ५५ दशमलव ०८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

यसैगरी २०७२ पुसको तुलनामा २०७३ पुसमा लगानीमा रहेको बाँकी कर्जा तथा बचत परिचालनमा क्रमशः २३ दशमलव ३३ प्रतिशत र २३ दशमलव ८८ प्रतिशतले वृद्धि हुन गएको छ । गत आव २०७२÷७३ को पहिलो ६ महिनामा बैंकले रु १९ करोड ५२ लाख ६९ हजार सञ्चालन मुनाफा गरेकोमा चालु आव २०७३÷७४ को पहिलो ६ महिनाको अवधिमा रु २८ करोड २० लाख ५० हजार सञ्चालन मुनाफा गर्न सफल भएको जानकारी दिइएको छ ।

बैंकले वित्तीय साधन र स्रोतको अभावमा आफूभित्र रहेको सीपलाई उपयोग गर्न नसकी असहज जीवनयापन गर्न बाध्य ग्रामीण क्षेत्रका विशेषगरी महिला सदस्यलाई समूहमा आवद्ध गराएर लघु व्यवसाय तथा लघुउद्यम परियोजना सञ्चालन गर्न बिना धितो सामूहिक जमानीमा लघु कर्जा प्रदान गर्ने लगायतका सुविधा प्रदान गर्दै आएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कार्कीले मर्ज पश्चात बैंकको समग्र वित्तीय अवस्थामा उल्लेखनीय सुधार भइरहेको र आगामी दिनमा कार्यक्रम नपुगेका जिल्लामध्येका थप जिल्लामा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने, निष्क्रिय कर्जा असुली कार्यलाई उच्च प्राथमिकता दिनेलगायतका योजनाका साथ काम भइरहेको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका