Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचन नगराए सरकार र माओवादी दुवैको दुर्गतीःओली – Gaule Khabar

निर्वाचन नगराए सरकार र माओवादी दुवैको दुर्गतीःओली

निर्वाचन नगराए सरकार र माओवादी दुवैको दुर्गतीःओली

चितवन, माघ १५–

नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई थाती राखेर सरकार लम्ब्याउने सपना नदेख्न चेतावनी दिनुभएको छ ।
आज चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतरीले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले विभिन्न बहानामा निर्वाचनलाई आलटाल गर्न खोजिए सरकार र माओवादी दुवैको दर्गुती हुने बताउनुभयो । उहाँले अहिलेको सरकार निर्वाचन नगराउने उद्देश्यका साथ गतिविधिहरु गर्दै आईरहेको आरोप लगाउँदै त्यसलाई नेपाली जनताले जवाफ दिने बताउनुभयो । “प्रमुख प्रतिपक्षी दलका नाताले पनि हामीले समयमै निर्वाचन हुनुपर्छ भनेका छौं, यदि समयमै निर्वाचन भएन भने देशमा संवैधानिक र राजनीतिक संकट पैदान हुन्छ, त्यो अवस्थामा प्रधानमन्त्री पनि पदमुक्त हुनेछन्”–ओलीले भन्नुभयो ।


अर्को एक प्रसंगमा अध्यक्ष ओलीले संविधान संशोधन देशका लागि हानिकार रहेको भन्दै कुनैपनि हालतमा पारित नहुने जिकिर गर्नुभयो । अध्यक्ष आज नेपाल शिक्षक संगठनको केन्द्रीय भेलाको उद्घाटन गर्न चितवन आउनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका