Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पश्चिम नेपालकै ठूलो चिनी मिल सधैँका लागि बन्द – Gaule Khabar

पश्चिम नेपालकै ठूलो चिनी मिल सधैँका लागि बन्द

पश्चिम नेपालकै ठूलो चिनी मिल सधैँका लागि बन्द

सीताराम चौधरी

चन्द्रौटा, माघ १५-

कपिलवस्तुको शिवराज नगरपालिका १३, जवाभारीस्थित महालक्ष्मी सुगर मिल सदाका लागि बन्द हुन लागेको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो चिनी मिल कच्चा पदार्थको पर्याप्त आपूर्ति नहुँदा सदाका लागि बन्द भई कपिलवस्तुबाट विस्थापित हुन लागेको हो । कपिलवस्तुबाट चिनी मिल विस्थापित भई सर्लाहीमा स्थापना गर्न लागिएको बुझिएको छ । सर्लाही उखु खेतीको पकेट क्षेत्र भएकाले कच्चा पदार्थको सहज आपूर्ति हुने भएपछि कपिलवस्तुको मिल सर्लाहीमा स्थानान्तरण गर्न लागिएको हो ।

सुख्खाग्रस्त क्षेत्रका कारण कपिलवस्तुमा उखु खेती खासै राम्रो नभएको र भारतीय उखुमा भर पर्दा पनि बर्सेनि घाटा वेहोर्नुपरेको समस्या दर्शाउँदै मिल बन्द गर्नुपरेको प्रबन्ध निर्देशक बीरेन्द्र कुमार कानोडियाले एक सूचनामार्फत जानकारी दिएका छन् । मिलको क्रसिङ क्षमता दैनिक २५ हजार क्विन्टल भएको बताउँदै भारतीय उखुलाई प्राथमिकता दिँदा समेत क्रसिङ क्षमताजति उखु पुगाउन नसकिएको प्रबन्ध निर्देशक कानोडियाले बताए । पर्याप्त मात्रामा कच्चा पदार्थ नहुँदा २१ वर्षको समयमा १५ प्रतिशतदेखि ६० प्रतिशत क्षमतामा मिल चलाउन बाध्य बनेको उनको भनाई छ ।

मिल सधैं घाटामा चलाउनुपर्दा बैंकको ऋण समेत तिर्न नसकिएको कानोडियाले गुनासो गरे । ऋणको बोझले आर्थिक अवस्था धराशायी भएको बताउँदै भउनले भने, ‘पर्याप्त कच्चा पदार्थ नहुँदा फैक्ट्री चलाउन असम्भव भएको छ ।’

२१ वर्षसम्म फैक्ट्री चलाउन अथक परिश्रम गर्दा पनि दुर्भाग्यवस उखुको खेती नबढेपछि एक सूचना प्रकाशित गर्दै दुःखद निर्णय लिनुपरेको उनले जनाए ।

मिल सदाका लागि बन्द हुने भएपछि कपिलवस्तुका उखु कृषक चिन्चित बनेका छन् । चिनी मिलबाट ढिलै भएपनि कृषकहरुले उचित दररेट पाउँदै आएका थिए । चिनी मिल बन्दपछि गुड (भेली) उद्योगको मोनोपोली बढ्ने होला भनी किसान चिन्तामा परेका छन् । ‘अहिलेसम्म सरकारले निर्धारण गरेको दररेटका लागि किसानहरुको संगठित आवाज थियो । अब भने भेली उद्योगमा सस्तो दरमै उखु फाल्नुपर्ने बाध्यता हुने भयो’, कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीको गुनासो छ ।

मिलको क्रसिङ डेढ महिनामै बन्द

सिजनल रुपमा संचालन हुने पश्चिम नेपालकै सबैभन्दा ठूलो कपिलवस्तुको जवाभारीस्थित महालक्ष्मी सुगर मिलको क्रसिङ डेढ महिनामै बन्द भएको छ । भारतीय उखुमा निर्भर मिलले पर्याप्त कच्चा पदार्थ नहुँदा यस वर्षको क्रसिङ बन्द गरेको हो ।

यसपाली भारतीय उखु समेत पर्याप्त मात्रामा आयात नभएपछि छोटो समयमै मिल बन्द गर्नुपरेको सिनियर क्यान म्यानेजर हरिनारायण चौधरीले बताए । मंसिर २७ गतेबाट क्रसिङ शुरु गरेको मिल माघको १० गतेदेखि बन्द भएको उनले बताए । मिलले यसपटक ५ लाख १८ हजार क्विन्टल उखु क्रसिङ गरेको चौधरीले जानकारी दिए । कूल क्रसिङबाट प्रतिक्विन्टल उखुमा साढे ८ केजी चिनी उत्पादन भएको उनले जनाए ।

‘यसपटक मिलमा पर्याप्त कच्चा पदार्थ आयात भएन, जसका कारण मिल बन्द गर्नुपरेको छ’, – सिनियर क्यान म्यानेजर चौधरीले भने । मिलको दैनिक क्रसिङ क्षमता २५ हजार क्विन्टल भएपनि क्रसिङ क्षमता अनुसार कच्चा पदार्थ पूरा नहुँदा यसवर्ष दैनिक औसत क्रसिङ १२ हजार क्वीन्टलसम्म भएको चौधरीले बताए ।

गतवर्ष मिल पुस ११ गतेबाट संचालन भई फागुन १० गते बन्द हुँदा पनि ७ लाख १४ हजार क्विन्टल उखु क्रसिङ गरेको उनको भनाई छ ।

नेपाल सरकारले यसवर्षको उखुको मूल्य प्रति क्विन्टल ५सय ३१ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । तर मिल नै बन्द भएपछि कतिपय किसान सस्तो दरमा गुड(भेली) उद्योगमा उखु विक्री गर्न बाध्य भएका छन् । अर्कोतर्फ नेपाली किसानले मिल सधैंका लागि बन्द हुँदा पनि अझै २वर्षको २ करोड रुपैयाँ समेत भुक्तानी नपाएको गुनासो गरेका छन् ।

नेपाल सरकारले किसानलाई प्रतिक्विन्टल उखुमा २५ रुपैयाँ अनुदान रकम दिने घोषणा गरेपनि मिल प्रशासनले समयमा दस्ताबेज नबुझाउँदा असारभित्रै पाउनुपर्ने २ करोड ५० लाख रुपैयाँ समेत नेपाली उखु कृषकले पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले गुनासो गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका