नयाँ प्रजातीको चरा फेला

नयाँ प्रजातीको चरा फेला

नेपालका लागि यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ । चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म विभिन्न क्षेत्रमा भएको जलपक्षीको गणनाका क्रममा नयाँ चरा रेकर्ड भएको हो । यो सँगै जिल्लामा चराको सङ्ख्या ६ सय ३४ पुगेको छ ।

नेपालमा आठसय ८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना छ । चितवन निकुञ्ज आसपास क्षेत्रमा पानीमा पाइने चराको राम्रो बासस्थान छ । चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । अहिलेको गणनामा चराको सङ्ख्यासमेत बढेको पाइएको चरा विज्ञहरुले जानकारी दिएका छन् ।

यसपालिको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन भएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ । सोसाइटीको अगुवाइ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा गणना थालिएको हो ।

गणनाका लागि ५० जना गाइड परिचालन भएका थिए । यहाँको ढुङ्ग्रेखोला, बूढी राप्ती, कसरा, राप्ती नदी, लामिताल, राप्ती घाट, तमोर ताल र विस हजारीतालमा चरा गणना भएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका