Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तीनै तहको निर्वाचन घोषणा गर्न माग – Gaule Khabar

तीनै तहको निर्वाचन घोषणा गर्न माग

तीनै तहको निर्वाचन घोषणा गर्न माग

काठमाडौं, माघ १३ –

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग गर्नुभएको छ ।

अनेरास्ववियु केन्द्रीय खेलकुद विभागको आयोजनामा सहिद दिवसका अवसरमा ‘उपत्यकास्तरीय अन्तरकलेज फुटसल प्रतियोगिता’को आज उद्घाटन गदै उहाँले निर्वाचन गर्न कानुनी आधार तयार भइसकेकाले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति एकै पटक घोषणा गर्न आग्रह गर्नुभयो । ‘‘निर्वाचन गर्नका लागि मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक पारित भइसकेको छ’’उहाँले भन्नुभयो,‘‘अब चाँडै निर्वाचनको घोषणा गरी देशलाई निकास दिनुपर्दछ ।’’

प्रतियोगितामा काठमाडौँ उपत्यकाका २२ कलेजको सहभागिता रहेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी गराउनुभयो । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका