Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विमानस्थलबाट ४४ थान पासपोर्टसहित चिनियाँ नागरिक पक्राउ – Gaule Khabar

विमानस्थलबाट ४४ थान पासपोर्टसहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट  ४४ थान पासपोर्टसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं,माघ १३ –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार राति ड्रागन एयरबाट हङकङ जान लागेका वइविन हि विमानस्थलबाट पक्राउ परेका हुन् ।

राति १० बजेको उडानबाट हङकङ जान विमानस्थल पुगेका हिको हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको छ । विमानस्थलका डीआइजी गोविन्द निरौलाका अनुसार चिनियाँको हृयाण्ड ब्याग एक्सरे मेसिनमा चेक गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

विमानस्थलका एक अधिकृतका अनुसार हिको साथबाट बरामद भएका सबै राहदानी चिनियाँ नागरिककै हुन् । प्रारम्भिक बयानमा उनले साउदी अरबको भिसा लगाउन ४४ जना चिनियाँको राहदानी बोकेर गत १८ तारिखमा काठमाडौं आएका थिए ।

चीनबाट साउदीको भिसा लगाउन गाह्रो हुने भएकाले आफू काठमाडौं आएको बताए पनि उनको साथबाट बरामद भएको एउटा पनि राहदानीमा साउदीको भिसा छैन । उनले आफू व्यवसायी भएको बताएका छन् ।

बरामद पास्पोर्टका बारेमा चिनियाँ दूतावास मार्फत विस्तृत जानकारी माग्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका