काठमाडौं,माघ १३ –
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।
सरकारका लागि राष्ट्र बैंकले आउँदो फागुन २३ गते बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको अवधिमा ५ वर्षसम्म रहेको छ । आउँदो ०७८ फागुन २३ गते रकम फिर्ता दिने राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगार बचतपत्र ‘ख’ माघ १७ देखि फागुन १७ गतेसम्म १ महिनासम्म निष्कासन खुला गरिएको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक १० प्रतिशत ब्याज दिने र सो ब्याज ६(६ महिनामा भूक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको छ ।
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आपूm वा आफ्नो परिवारको बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा मात्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन(दिन सकिनेछ ।
प्रत्येक ६(६ महिनामा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैंले वा इच्छाइएको व्यक्तिमार्फत भुक्तानी लिन सकिने व्यवस्था गरिएको छ । यस्तै, आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिन आप्mनो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फर्ममा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आपूmलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यकाबाहिरका राष्ट्र बैंकका कार्यालयबाट लिन सकिनेछ । बचतपत्र खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइनेछ । स्टक वा प्रमिसरी नोटको रूपमा बचतपत्र खरिद गर्न सकिने छ । स्टक वा प्रमिसरी नोटमध्ये आपूmले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्छ ।
नखुलाइएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलब्ध गराइनेछ । राहदानी, कार्यरत मुलुकको भिसा भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागिमात्र कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र म्याद ननाघेको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर आवश्यक हुने बैंकले जानकारी दिएको छ ।
परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात चाहिन्छ । नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र आवश्यक हुन्छ । बजेट कार्यान्वयनका लागि सरकारले राष्ट्र बैंकमार्फत बचतपत्र निष्कासन गरेको हो ।