Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिपको ठक्करबाट वृद्धाको ज्यान गयो – Gaule Khabar

जिपको ठक्करबाट वृद्धाको ज्यान गयो

जिपको ठक्करबाट वृद्धाको ज्यान गयो

कञ्चनपुर, माघ १२–

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुल नजिक जिपको ठक्करबाट स्थानीय एक वृद्धाको आज मृत्यु भएको छ ।

राजमार्ग पार गर्ने क्रममा ७० वर्षीया सेती थापामगरलाई म १ च ४४४ नंको स्कारपियो जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी थापामगरलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कारपियो जिप र चालक कैलालीको चुहा नगरपालिकाका विरुराज जैसीलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका