Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन लग्न पोथी अर्नालाई नियन्त्रणमा लिईयो – Gaule Khabar

चितवन लग्न पोथी अर्नालाई नियन्त्रणमा लिईयो

चितवन लग्न पोथी अर्नालाई नियन्त्रणमा लिईयो

नारायण ढुङ्गाना,

पथरी (कोसीटप्पु), माघ १२–

चितवनबाट खटिएको चिकित्सक तथा प्रविधिज्ञसहितको टोलीले आज कोसीटप्पु वन्यजन्तु आरक्षबाट एउटा अर्धवयस्क पोथी अर्नालाई नियन्त्रणमा लिएको छ । दिउँसो करिब २ बजे आरक्षमा प्रवेश गरेको टोलीले करिब दुई घन्टाको अन्तरालमै अर्नालाई नियन्त्रणमा लिएको हो ।

अर्ना स्थानान्तरणको यो पहिलो प्रयास हो । यसअघि, बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरणको अनुभव प्रविधिज्ञलाई छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार तीन वर्षको जस्तो देखिने उक्त अर्ना करिब दुई क्विन्टलको रहेको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षको पश्चिम सेक्टरअन्तर्गत पथरी पोष्टदेखि करिब सात किलोमिटर पर मोरिया खोलाको किनारबाट अर्ना नियन्त्रणमा लिइएको हो । अपराह्न ३:५५ मिनेटको समयमा अर्नालाई डाट गरिएको प्राविधिक टोलीको नेतृत्व गर्नुभएका वरिष्ठ पशु चिकित्सक डा कमल गेरैले जानकारी दिनुभयो । उहाँलाई प्रविधिज्ञ पुरुषोत्तम पाण्डेले सहयोग गरिरहनुभएको छ ।

“हात्तीबाट मैले हानेको डाटगन मिस भो, अनि पैदल रहेका दीपु चौधरीले हानेको दोस्रो गोलीले नियन्त्रणमा लिन सफल भइयो”– वरिष्ठ प्राविधिक विष्णु लामाले भन्नुभयो । डाट गरेर अर्ध बेहोस भए पनि आवश्यक नमुना लिएर पुनः एन्टी डोज दिएर अर्नालाई खोरमा राखिएको छ ।

बिहीबार पुनः एउटा भाले र अर्को पोथी अर्नालाई नियन्त्रणमा लिएर बिहीबार नै तीन वटा अर्ना चितवन पठाइने अर्ना लिन कोसी पुग्नुभएका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । आज नियन्त्रणमा लिइएको अर्ना १५१ सेन्टिमिटर लामो छ । अर्ना लिनका लागि अहिले यहाँ पाँच हात्ती, प्रविधिज्ञ र चिकित्सकसहितको ६० जनाको टोली परिचालन गरिएको छ । वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा डाटगनसहितको प्राविधिक टोली खटिएका छन् ।

यस्तै, हात्तीसुसारे रामनरेश दरोगाको नेतृत्वमा घेर्ने टोली, स्थानीय व्यवस्थापन र परिचालनमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्रशासकीय अधिकृत रामकुमार अर्याल र चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक तथा सञ्चार एवम् सूचना समन्वयमा चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेल र कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार साह रहनुभएको छ । अर्ना नियन्त्रण टोलीमा निकुञ्ज विभागका इकोलोजिष्ट लक्ष्मण पौडेल पनि सरिक हुनुहुन्छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार साहका अनुसार अर्नाको वंश विस्तारका लागि चितवनमा अर्ना स्थानान्तरण गर्न लागिएको हो ।

स्थानीय संरक्षणकर्मी राजकुमार सिंहले आफूहरुको विरोध रहे पनि वंश विस्तार हुने आशामा लैजान दिइएको बताउनुभयो । कोसीमा ४३२ अर्ना छन् । कुल पाँच भालेसहित २० वटा अर्ना कोसीबाट ल्याउने निर्णय भए पनि पहिलो चरणमा तीन वटा मात्रै लगेर यही माघ १४ गते चितवन निकुञ्जको पूर्वी सेक्टर पदमपुरमा सार्वजनिक गर्ने तयारी छ । त्यसपछि २५ वटा बाह्रसिङ्गे शुक्लाफाँटाबाट चितवन ल्याइनेछ । तिनीहरुलाई राख्न चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षत्रफल तयार पारी इन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाइएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका