Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बाँदरझुला बस्ती स्थानान्तरण गरिने – Gaule Khabar

बाँदरझुला बस्ती स्थानान्तरण गरिने

बाँदरझुला बस्ती स्थानान्तरण गरिने

चितवन,माघ १२ –

माडीको बाँदरझुलामा रहेको बस्ती स्थानान्तरणका लागि प्रक्रिया अघि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँदरझुलाको करिब एक हजार बिगाहामा सात सय घर धुरी बसोवास गर्दै आएका छन् ।

उनीहरुका लागि स्वास्थ्य चौकी, विद्यालय, टेलिफोन टावर र सोलारसमेत जडान गरिएको छ । दैवी प्रकोपका कारण सुकुम्वासी बनेका बासिन्दा सो सार्वजनिक जग्गा अतिक्रमण गरी बसोवास गर्दै आएका हुन् । उनीहरुलाई जिल्ला वन कार्यालयले हटाउन कोशिस गरेको थियो, सो ठाउँ २०५३ सालमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेपछि निकुञ्जले दुई पटक हटाउने प्रयास गरे पनि सफल भएको थिएन । विसं २०४८ तिरबाट सो ठाउँमा बस्ती बस्न सुरु गरेको हो ।

बाँदरझुलामा रहेका बासिन्दालाई सार्न आवश्यक बजेटसहित सम्भावित स्थानको खोजी भूमिसुधार मन्त्रालयले गरिसकेको छ ।
मन्त्रालयको बसोवास शाखा हेर्ने उपसचिव गोपाल गिरीका अनुसार राष्ट्रिय योजना आयोगको मापदण्डअनुरुप एक घरका लागि ६ मिटरको बाटो पुगेको स्थानमा १३० वर्गमिटर क्षेत्रफल जग्गा उनीहरुलाई उपलब्ध गराइने योजना छ । जसकालागि हाल रहेको घरका सामग्री ढुवानी गर्न प्रतिपरिवार रु १० हजार र निर्माणका लागि अर्को रु १० हजार अर्थ मन्त्रालयमा माग गरी पठाइएको गिरीले बताउनुभयो ।

उनीहरुलाई स्थानान्तरणका लागि अयोध्यापुरी, गर्दी, कल्याणपुर, बघाँैडा, जगतपुर, पिप्ले, भण्डारा, खैरहनी, देबौली, गुञ्जानगर लगायतका क्षेत्रमा रहेका सार्वजनिक जग्गा छनोट गरिएको छ । तीसुकुम्वासीलाई स्थानान्तरण गर्न गठित जग्गा अध्ययन समितिका सदस्य मनोज निरौलाका अनुसार ती ठाउँलगायत ५० भन्दा बढी कित्ताको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाइ सकिएको छ ।

मन्त्रालयका उपसचिव गिरीका अनुसार अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै आवश्यक प्रक्रिया पूरा गरी उनीहरुलाई स्थानान्तरण गरिने बताउनुभयो ।

बास्तविक सुकुम्वासीको पहिचान गरी उचित ठहरिएकालाई मात्र स्थानान्तरण गरिने छ । उनीहरुलाई व्यवस्थित बस्ती निर्माण गरी फरक÷फरक स्थानमा स्थानान्तरण गरिने उपसचिव गिरीले बताउनुभयो । एकै ठाउँमा ठूलो मात्रामा सार्वजनिक जग्गा उपलब्ध नहुने र उनीहरुले स्थानीय रुपमा रोजगारी पाउन नसक्ने हुँदा फरक÷फरक स्थानमा राख्न लागिएको हो ।

भूमिसुधार मन्त्री विक्रम पाण्डेले यो हप्ताभित्रमा अर्थ मन्त्रालयको स्वीकृति प्राप्त हुने बताउँदै यसै आर्थिक वर्षभित्र बाँदरझुला बस्ती स्थानान्तरण गरिसक्ने बताउनुभयो । चितवन क्षेत्र नं– ५ का सांसदसमेत रहनुभएका पाण्डेले उनीहरुलाई सकेसम्म आफ्नो क्षेत्र बाहेक अन्यत्र स्थानान्तरण गरिने बताउनुभयो । आफ्नो क्षेत्रमा सार्दा राजनीति ग¥यो भन्न सक्छन्– ५ नं क्षेत्रबाहेक अन्यत्र सार्ने तयारीमा हामी छौ पाण्डेले भन्नुभयो ।

स्थानीयलाई समेत समस्या नपर्ने गरी स–साना व्यवस्थित बस्ती बन्ने मन्त्री पाण्डेको भनाइ छ । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालकाअनुसार बाँदरझुला क्षेत्र वन्यजन्तुको ओहोरदोहोर गर्ने मुख्य ठाउँ हो । सो क्षेत्रको पूर्वमा ठोरीको निर्मल बस्ती, पश्चिममा माडीको अयोध्यापुरी, उत्तरमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणमा भारतको बाल्मिकी टाईगर रिर्जभ पर्दछ । सो क्षेत्रमा मानवबस्ती बसेसँगै वन्यजन्तुको बासस्थान प्रभावित भएको उहाँले बताउनुभयो ।
त्यसैगरी रिउ खोलाको माथिको तटीयक्षेत्र मानवबस्तीका कारण विनाश हुँदा तल्लो तटीयक्षेत्र पाण्डवनगर, गर्दी, बोटेसिमरा, सिमरालगायतका गाउँसमेत प्रभावित भएको उहाँले बताउनुभयो ।

यसअघि चितवनकै निकुञ्जको बीचमा रहेको पदमपुर बस्तीलाई निकुञ्ज बाहिर नयाँ पदमपुरमा एकै ठाउँमा स्थानान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका